नेपालगन्ज स्थित ब्राइटल्याण्ड स्कुलका विद्यार्थीले शुक्रबार दोश्रो बृहत् विज्ञान प्रदर्शनी गरेका छन् । बिद्यालयका कक्षा ८, ९ र १० मा अध्यायनरत विद्यार्थीहरुले निर्माण गरेका विज्ञान सामाग्रीहरु प्रदर्शनी गरिएको हो ।
विद्यार्थीहरुले शिक्षकहरुबाट पाएको ज्ञानलाई व्यवहारीक तथा प्रयोगात्मक रुपमा प्रदर्शन गर्ने र विद्यार्थीको क्षमताको परिचान गर्ने उद्देश्यले बृहत् विज्ञान प्रदर्शनी गरिएको स्कुलका संस्थापक प्रिन्सिपल विजय लामाले असल शासनलाइ बताए । विद्यार्थीहरुको क्रियटिभिटी झल्किने गरी विज्ञान, प्रविधि, निर्माण क्षेत्र, विकासका संरचना, शहरी र नेपालको ग्रामिण परिवेशको झझल्को दिनेगरी सामाग्रीहरु तयार गररी प्रदर्शन गरेका थिए ।
विद्यार्थीहरुको क्षमता प्रदर्शनीबाट आफु निकै खुसि भएको बताउदै संस्थापक प्रिन्सिपल लामाले भने “शैक्षिक पद्धति भनेकै सिकेको सिपलाई व्यवहारमा उतार्ने हो जो यस प्रदर्शनीबाट देखिएको छ ।” किताबी पढाईले मात्रै सबल र सक्षम विद्यार्थी र भविष्यको अब्बल नागरिक नहुने भएकोले प्रयोगात्मक तथा समय अनुसार आईरहेको नयाँ नयाँ शैक्षिक पद्धतिलाई अवलम्बन गरिएको लालाले बताएं । विद्यार्थीले ब्रम्हान्ड, सोलार सिस्टम, रकेट, मानव वनावट, लगायतका सामाग्री बनाएका छन् । त्यसैगरी पानी फिल्टर, स्वनिर्मित ड्रोन, भूकम्प पहिचान गर्नत्रिआयामिक दृश्य प्रस्तुत गर्ने होलोग्राम, पानी तथा प्रकाश परावर्तन सिद्धान्त प्रयोग गरिएको पेरिस्कोप, शहरी विकासको भविष्य देखाउने स्मार्ट सिटी मोडेल लगायतका सामग्री प्रदर्शनीका मुख्य आकर्षण बनेका थिए ।

प्रदर्शनी अवलोकनका क्रममा अभिभावकहरूले विद्यालयले विद्यार्थीहरूको क्षमता निखार्न यस्ता कार्यक्रम नियमित रूपमा सञ्चालन गरिरहेकोमा खुसी व्यक्त गरे । विज्ञान, प्रविधि र नवप्रवर्तनलाई प्राथमिकतामा राखेर सिकाइलाई व्यवहारिक बनाउने विद्यालयको प्रयास सकारात्मक भएको अभिभावक रमिता शाहले बताइन् । यस्ता प्रदर्शिनले विद्यार्थीको क्षमताको विकास हुने र उनीहरुको सिर्जनशिलतामा निखार आउने उन्को भनाइ छ ।

विज्ञान प्रदर्शनमा सहभागि भएकी कक्षा ८ की बिद्यार्थी सामना भण्डारीले यस्ता प्रदर्शनीले आफ्नो क्षमताको पहिचान हुने बताइन् । बालबालिकाको हस्तनिर्मित मोडेल, अनुसन्धान र प्रस्तुतिले बिद्यालय लाई उत्साहित बनाउनुका साथै उनीहरूमा भविष्यमा वैज्ञानिक सोच विकास गर्न प्रेरणा पनि जुराएर्को शिक्षक सुशिल वैश्यले बताए । विज्ञान प्रदर्शनीले विद्यार्थीहरूलाई आफ्नो प्रतिभा अभिव्यक्त गर्न, नयाँ प्रयोग सिक्न र समुहगत कार्यप्रति प्रेरित गर्ने अवसर दिएको विद्यालयले जनाएको छ । विद्यालयका विद्यार्थी देखि अभिभावक, शिक्षक तथा विभिन्न विद्यालयका विद्यार्थी समेतले प्रदर्शनीमा सक्रिय सहभागिता जनाएका थिए ।









