मंगल प्रसादका विद्यार्थीलाइ उद्घोषण तालिम

असल शासन प्रतिनिधि

नेपालगन्ज/ मंगल प्रसाद नमुना मावि नेपालगन्जका बिद्यार्थीहरुका लागि एक हप्ताको उद्घोषण तालिम सुरु भएको छ । मंगल प्रसाद नमुना मावि नेपालगन्जको आयोजना तथा बास नेपालको सहजिकरणमा आइतवारदेखी तालिम सुरु भएको हो ।

बिद्यालयका कक्षा, ९, १० र ११ का ३५ जना बिद्यार्थीहरुको सहभागिता रहेको तालिमको बास नेपालका जन सम्पर्क अधिकृत माधव कार्कीले सञ्चालन गरेका थिए । तालिमको पहिलो दिन बास नेपालका कार्यक्रम प्रबन्धक तथा प्रशिक्षक मन भण्डारीले अद्घोषणको परिभाषा, उद्घोषणको महत्व, बोल्ने कलाको महत्व, उद्घोणका आधारभुत तत्व, आवश्यक पर्ने छ वटा कको प्रयोग लगायतको विषयमा तालिम दिएका थिए । ७ दिन सम्म सञ्चालन हुने तालिम पौष १२ गते समापन हुनेछ ।

  • ६ पुष २०८२, आईतवार प्रकाशित

  • Nabintech