१ करोड ८१ लाख बढी रकम असुली

असल शासन प्रतिनिधि

नेपालगन्ज/ नेपाल विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रले विद्युत महसुल बक्यौता बापत एक महिनायता १ करोड ८१ लाख बढी रकम असुली गरेको छ ।

नयाँ केन्द्र प्रमुखको रुपमा संजय कुमार मिश्रले जिम्मेवारी सम्हालुभएकै दिनदेखि बाँकी बक्यौता असुलीको कार्यमा थप तीव्रता दिएको नेपालगन्ज वितरण केन्द्रले गत मंसिर १४ देखि पौष १४ गते सम्मको यो एक महिनाको अवधीमा सो रकम संकलन गरेको हो ।

नेपालगंज वितरण केन्द्रले २ करोड ३३ लाख ६५ हजार २११ रुपैयाको महसुल बक्यौता असुलीका लागि सो अवधीमा १ हजार ३ सय ५५ जनाको लाइन बिच्छेद गरिएको जनाएकोछ ।

केन्द्र प्रमुख मिश्रका अनुसार, लाइन काटिएका मध्ये बक्यौता भुक्तानी गरेका ९ सय १२ जनाको लाईन पुन: जोडिएर नेपालगन्ज वितरण केन्द्रले एक महिना यता १ करोड ८१ लाख ५२ हजार ७ सय ४८ रुपैया बक्यौता महसुल संकलन गरेको छ।

यसैगरि कालोसूचीमा परेका ४ जना ग्राहकबाट १५ लाख ५६ हजार बढी रकम असुल गरेको समेत जनाइएको छ ।

बाँकी बक्यौता असुली कार्य पनि प्रमुख दायित्व अन्तरगत पर्नेभएकाले अभियानकै रुपमा जारी राखिएको बताउदै केन्द्र प्रमुख मिश्रले विद्युत महसुल नियमित भुक्तानी गरि सहयोग गर्न आग्रह गरेका छन् ।

  • १५ पुष २०८२, सोमबार प्रकाशित

  • Nabintech