झुन्डिएका मृतक युवा युवतीको भयो सनाखद

असल शासन प्रतिनिधि

झुन्डिएका मृतक युवा युवतीको भयो सनाखद

नेपालगञ्ज / सुर्खेतको वीरेन्द्रनगरस्थित सहिद पार्क नजिकको जंगलमा एक युवक र एक युवती मृत अवस्थामा फेला परेका थिए ।

वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ४ अन्तर्गत पर्ने भैरव सामुदायिक वन तथा सहिद पार्क नजिकको जंगल क्षेत्रमा उनीहरू मृत भेटिएका हुन् । बुधबार बिहान स्थानीयले जंगलमा शव देखेपछि प्रहरीलाई खबर गरेपछि मृतकहरुको सनाखतमा क्रममा उनीहरु चामुण्डाबिन्द्रासैनी–३, दैलेखकी अन्दाजी २० वर्षीया सुनिता भण्डारी र ठाँटिकाँध–२, दैलेखका अन्दाजी २२ वर्षीय सुरेन्द्र थापा रहेको रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएकोछ ।

  • १८ पुष २०८२, बिहीबार प्रकाशित

  • Nabintech