बिपद ब्यवस्थापनमा कार्यरत संघसस्था समन्वय बैठक सम्पन्न

असल शासन प्रतिनिधि

मिति २०८२ पौष १८
नेपालगञ्ज  / बाँके जिल्लामा बिपद ब्यवस्थापनमा कार्यरत संघसस्थाहरु सँग समन्वय बैठक सम्पन्न सम्पन्न भएको छ ।

प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङ्गको अध्यक्षतामा आज जिल्ला प्रशासन कार्यालय बाँकेमा उपस्थित जिल्लाका बिभिन्न संघ सस्थाहरुबाट सहभागी प्रतिनिधिहरु सँग छलफल गरिएको छ ।

हरेक बर्ष शितलहरका कारण बाँकेको जनजिवन निकै प्रभाबित हुँदै आईरहेकोले यस बर्ष पनि हुन सक्ने बिपतको अबस्थामा कसरी काम गर्न सकिन्छ भन्ने बिषयमा बिपद ब्यवस्थापनका क्रियाशिल जिल्लाका संघ सस्थाहरुसँग छलफल राखिएको जिल्ला बिपद ब्यवस्थापनका रुपन ज्ञावलीले जानकारी गराए ।

बिभिन्न सुरक्षा निकायबाट र अन्य २० भन्दा बढि संस्थाहरुको उपस्थितिमा गरिएको छलपलबाट बिपतको क्षेत्रमा क्रियाशिल संघसंस्थाको तर्फबाट जिल्लामा सञ्चालन भैरहेका गतिबिधिहरुको जानकारी भएको र गतिबिधिहरुको समिक्षा सहित आगामी दिनमा जिल्ला ब्यवस्थापन समितिसँगको समन्वयमा कार्यक्रम सञ्चालन गर्ने, हाल चिसो तथा शितलहर को प्रभाव रहेकोले सोको पुर्ब तयारी तयारी तथा प्रतिकार्यका लागि संघसंस्थाहरुबाट हुने गतिबिधिहरुका बारेमा छलफल भै चिसो तथा शितलहर प्रतिकार्यका लागि जिल्ला ब्यवस्थापन समितिले तयार पारेको शितलहर पुर्बतयारी तथा प्रतिकार्य योजना २०८२ बमोजिम कार्य गर्ने, जिल्लामा बिपदका क्षेत्रमा कार्यरत संघसस्थाले आफुले सञ्चालन गरेका गतिबिधि तथा कार्यक्रमको जानकारी जिल्ला आपतकालिन कार्यसञ्चालन केन्द्रको बिपद ब्यवस्थापनमा उपलब्ध गराउने र समन्वयलाई थप प्रभावकारी बनाउने र २८ औं भुकम्प सुरक्षा दिवस २०८२ बाँके जिल्लामा समेत साप्ताहिक कार्यक्रम सबै सरकारी तथा संघसंस्थाको सहयोग र सहभागितामा सम्पन्न गर्ने निर्णय गरिएको छ ।

  • १८ पुष २०८२, शुक्रबार प्रकाशित

  • Nabintech