“घर पु¥याइदिन्छु” भन्दै बालिकालाई अपहरण

असल शासन प्रतिनिधि

“घर पु¥याइदिन्छु” भन्दै बालिकालाई अपहरण

नेपालगञ्ज / अछामको एक विद्यालय परिसरबाट “घर पु¥याइदिन्छु” भन्दै बालिकालाई अजहरण गरिएको छ ।

बान्नीगढी जयगढ गाउँपालिका–स्थित जयगढको सरस्वती माध्यमिक विद्यालय परिसरबाट कक्षा ७ मा अध्ययनरत १३ वर्षीया किशोरीलाई घर पु¥याइदिन्छ भनेर अपहरण गरिएको बुझिएको हो ।

प्राप्त विवरण अनुसार बिद्यालयबाट घर फर्किन लागेकी र बिद्यालय पोशाकमै रहेकी ति किशोरीलाई गत बिहीबार रामारोशन गाउँपालिका वडा नम्बर ७ निवासी ३५ वर्षीय सन्तोष ऐडीले “घर पु¥याइदिन्छु” भन्दै मोटरसाइकलमा ललाई फकाई अपहरण गरी लगेका हुन् ।

  • २० पुष २०८२, आईतवार प्रकाशित

  • Nabintech