वीरगञ्ज घट्नाप्रति गैसस महासँघको अपिल

असल शासन प्रतिनिधि

काठमाण्डौं । पर्सा जिल्लाको वीरगन्जमा धार्मिक र सामाजिक बिषयकलाई लिएर दुई समुदायबीच बढिरहेको तनावप्रति गैर सरकारी संस्थाहरुको छातासंगठन गैसस महासँघले सार्वजनिक अपिल गरेको छ ।
गैसस महासँघका अध्यक्ष अर्जुन भट्राई र महासचिब देबि खड्काद्धारा संयुक्त हस्ताक्षरीत अपिलमा महासंघ सबै सरोकारवालाहरु, स्थानीय राजनीतिक दल, धार्मिक गुरुहरु, स्थानीय प्रशासन र निर्वाचित जनप्रतिनिधिहरुलाई शान्ति र सौहार्दता कायम गर्न र सर्वपक्षिय संवादको पहल अघि बढाउन आग्रह गरिएको छ । सामाजिक सुरक्षा र सहअस्थित्व शान्ति निर्माणको मूल आधार हुनुपर्छ भन्नेमा महासँघ स्पष्ट रहेको अपिलमा उल्लेख गरिएको छ ।
महासँघले सबैपक्षलाई शान्ति र स्थिरता कायम गर्नकालागि प्रशासनद्धारा जारी गरिएको निर्देशन पालना गर्न, समय र सहकार्यको भूमिका निभाउन आव्हान गरेको छ । सबै समुदाय विचमा आपसी विश्वास र समझदारी बढाउने कार्यमा पहल गर्न स्थानीय नागरिक समाज र समुदायका नेतृत्वलाई महासँघले अनुरोध गरेको छ ।

  • २२ पुष २०८२, मंगलवार प्रकाशित

  • Nabintech