घोडाघोडी (कैलाली), २३ पुस/
कैलालीको मोहन्याल गाउँपालिका–५ अन्तर्गत पर्ने राजकाँडाबाट अवैध रूपमा लुकाइछिपाइ राखिएको ४८ थान चिरान काठ बरामद गरिएको छ । सब डिभिजन वन कार्यालय चिसापानीका प्रमुख पूर्ण कुमार बिष्टको नेतृत्वमा गएको गस्ती टोलीले नियमित अनुगमनका क्रममा ४५.७१ क्यु फिट बराबरको ४८ थान चिरान काठ बरामत गरेको हो ।
गस्तीका क्रममा शंकास्पद देखिएपछि खोजतलास गर्दा वन क्षेत्रमा लुकाइ राखिएको अवस्थामा चिरान काठ भेटिएको सब डिभिजन वन कार्यालय चिसापानीका प्रमुख पूर्ण कुमार बिष्टले जानकारी दिनुभयो । लुकाइछिपाइ राखेको काठ कस्को हो भन्ने बारे अनुसन्धान भइरहेको बिष्टले बताउनुभयो ।










