महेन्द्रनगर । गैर सरकारी संस्था महासंघ कञ्चनपुरको अध्यक्षमा अमिर तिरुवा चयन भएका छन् ।
गैसस महासंघ कन्चनपुरको २४ औं साधारण सभा तथा १२ औं जिल्ला अधिवेशनबाट तिरुवाको अध्यक्षतामा नयाँ कार्य समिति चयन भएको छ । समितिको उपाध्यक्षमा अञ्जु जोशी भट्ट, सचिवमा शारदा जोशी, सहसचिव अम्बादत्त जोशी, कोषाध्यक्ष नारु सिह रहेका छन् यसैगरी सदस्यहरुमा क्रमशः सिता बोहरा, जानकी जोशी, दुर्गा बडुवाल, शिला रैका, ईश्वर उपाध्याय चयन भएका छन् । यसैगरी, नैन सिह पाल, बिनोद बिक्रम जैरु, माया नेगी, लक्ष्मी चन्द रहेका छन् ।
गैर सरकारी संस्था महासंघ कञ्चनपुरका अध्यक्ष लक्ष्मी बोहराको अध्यक्षता तथा गैसस महासंघ नेपालका केन्द्रीय अध्यक्ष अर्जुन भटराईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा गैसस महासंघका केन्द्रीय महासचिव देवी खडका, उपमहासचिव भवराज रेग्मी, किरण थापा, सुदुरपश्चिम ईन्चार्ज प्रेम महरको लगायतको उपस्थिती रहेको थियो ।









