नेपाल मगर सँघ नेपालगन्जको अध्यक्षमा दिनेश चयन

हेमराज भट्ट

नेपालगन्ज । नेपाल मगर सँघ नेपालगन्ज उप-महानगरपालिका समितिको पाचौं अधिबेशनबाट दिनेश थापा मगरको अध्यक्षमा नयाँ समिति चयन गरेकोछ ।
नेपाल मगर सँघ नेपालगन्ज उप-महानगरपालिका समितिको आयोजनामा आज नेपालगन्जमा सम्पन्न अधिबेशनले दिनेश थापा मगरको अध्यक्षतामा १९ सदस्सीय नयाँ कार्य समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा शोभा थापा मगर, सचिबमा मान बहादुर थापा मगर, कोषाध्यक्षमा राष्टी बुढा मगर र सह-सचिबमा मिना घर्ती मगर चयन भएका छन् ।

यसैगरी समितिको सदस्यहरुमा क्रमशः ज्योती बुढा मगर, दिपा राना मगर, अस्मिता पुन मगर, गोबिन्द सलामी मगर, अमृता राना मगर, श्वेता थापा मगर, रेनु थापा मगर, नवल सिंह चुहान मगर, भवी मगर, हिमा मगर, खिम बहादुर राना मगर, जानकी चुहान मगर, रबिन्द्र सिंजाली मगर र विशाल थापा मगर  चयन भएका छन् । अधिबेशन नेपालगन्ज उप-महानगरपालिका वडा नम्बर ४ बौद्ध गुम्बामा सम्पन्न भएको हो ।

  • २४ पुष २०८२, बुधबार प्रकाशित

  • Nabintech