खड्गवार पार्क आकर्षणको केन्द्रबिन्दु

असल शासन प्रतिनिधि

नेपालगञ्ज/ बाँकेको कोहलपूर नगरपालिका वडा नम्बर १३ मा रहेको रानीघाट (खड्गवार) पार्क पर्यटकीय स्थलको रुपमा परिचित हुँदै गएको छ । सो पार्क आन्तरिक पर्यटकको पहिलो रोजाई बन्ने गरेको छ । जहाँ दिनहुँ सयौंको संख्यामा आन्तरिक पर्यटकहरु घुम्न आउने गरेका छन् ।

पार्क व्यवस्थापन समितिका अनुसार, पार्कमा विशेषगरी बिदाको दिन थामि नसक्नुको भिंड हुने गरेको छ । सिजनमा ६० बढि टिम बिदाको दिन बनभोज आउने गरेको व्यवस्थापन समिती अध्यक्ष दिनेश कुमार वलीले बताए ।

उनका अनुसार बाँके, बर्दिया लगायत कैलाली, दाङ्ग र सुर्खेतबाट आन्तरिक पर्यटकहरु आउने गरेका छन् ।

प्राकृतिक रमणिय स्थलको रुपमा परिचित उक्त पार्क नजिकै रहेको हात्तिसार, बन र खोलाले सबैलाई आकर्षण गरिरहेको छ । २०७९ साल फाल्गुन महिनाबाट शुरु गरिएको उक्त पार्क अहिले सामाजिक सञ्जालमा भाईरल बनिरहेको छ ।

उचित बनभोज स्थलको अभाव खेपिरहेको बाँकेका लागि खड्गवार उपयुक्त बनभोज स्थल बन्न पुगेको छ । व्यवस्थापन समितिले बनभोजका लागि आवश्यक पर्ने सम्पूर्ण सामाग्रि सर्बसुभल मूल्यमा उपलब्ध गराउने गरेको छ भने आवश्यकता अनुसार काम गर्ने जनशक्ति समेत उपलब्ध गराउने गरेको छ ।

जसबाट स्थानीयले रोजगार पाउनुका साथै स्थानीय उत्पादनको खपत सहज तवरबाट हुने गरेको छ । अध्यक्ष वलीका अनुसार, रानीघाट मध्यवर्ती सामुदायिक वन क्षेत्र अन्र्तगत २३० घरपरिवार रहेका छन् । स्थानीयहरुले उत्पादन गरेको तरकारी तथा खसीबाख्रा समेत वनभोज कार्यक्रममा उपभोग हुँदा सो को लाभ स्थानीयले लिईरहेका छन् ।

खाना देखि साउण्ड सिस्टमसम्मको व्यवस्था सोही पार्क व्यवस्थापन समितिले गरिदिने भएका कारण बनभोज जाने समूहहरुलाई सहज भएको बताईन्छ ।
अहिले पार्क नजिकै खड्कवार हात्तिसारमा संग्राहलय समेत बन्दा सो क्षेत्र आकर्षणको केन्द्र बनेको छ । पार्क स्थलमा रहेको हरियाली बन, फोटो खिच्ने स्थान, हात्तिसार, खोला, माछा र संग्राहलयले वनभोज स्थललाई अझ रमणीय बनाएको छ ।

 

  • ३० पुष २०८२, मंगलवार प्रकाशित

  • Nabintech