रमा खड्का
प्रशासकीय अधिकृत
तुलसीपुर उपमहानगरपालिका
१. तपाईको जीवनको आदर्श के हो ?
– सत्कर्म, सेवा र सकारात्मक सोचनै मेरो जिवनको आदर्श रहेको छ ।
२. कसको उत्प्रेरणाले तपाई यहाँसम्म आई पुग्नु भयो र ?
– आमा, बुवा, परिवार, साथिहरु र आलोचकहरुको उत्प्रेरणाले गर्दा नै म यहाँ सम्म आईपुग्न सफल भएको हँु ।
३. तपाईले समाजका लागि के गरिरहनु भएको छ ?
– सरकारी सेवा गर्दै गर्दा हरेक नागरिकहरुको सेवा र सकारात्मक सन्देश प्रवाह गर्ने काम गर्दै आएको छु ।
४. तपाईको जीवनको अविस्मरणीय क्षण ?
– पढ्न मन लागेको पुस्तक समयमा किन्न नपाउँदा निकै दुख लाग्थ्यो त्यो नै मेरो जिवनको अबिश्मरणिय क्षण रहेको छ ।
५. तपाईको बुझाईमा असल शासन भनेको के हो ?
– राजनितिक रुपमा लोकतान्त्रीकरण, आर्थिक रूपमा उदारीकरण, सामाजिक रुपमा समावेशीकरण र एकीकरण, प्रशासनिक रुपमा सुदृढीकरण र सरलीकरण, शासकीय शक्तिको विकेन्द्रीकरण वा संघीयकरण, शक्तिको पृथकीकरण, भ्रष्टाचारको न्यूनीकरण, अपराधको दण्डीकरण, बजारमा आधुनिकीकरण, सोचमा विश्वव्यापीकरण, निर्णय प्रक्रियामा सरोकारवालाको सहभागिता, शासन प्रक्रियामा पारदर्शिता, जवाफदेहिता, बैधानिकता र उत्तरदायीत्व, साँस्कृतिक बिबिधता र अनेकतामा एकता, आधारभूत मानवअधिकारको प्रत्याभूति लगायतको शासन व्यवस्था नै असल शासन हो ।
६. समाजका लागि तपाईको प्रतिबद्धता के हो ?
– समाजको लागि एक सरल, असल, सहयोगी, सकारातमक, जिम्मेवार र मानविय भईरहने मेरो जिवनको प्रतिबद्धता रहेको छ ।









