नेपालगन्ज नगर उपप्रमुख कमरुद्दिन राईले राजिनामा दिएका छन् ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा बाँके क्षेत्र नं. २ बाट उम्मेदवारीका लागि उनले राजिनामा दिएका हुन् ।
राजिनामा र उम्मेदवारीबारे जानकारी दिन पत्रकार सम्मेलनको तयारी गरिरहेको जसपा नेता राजनराना मगरले जानकारी दिएका छन् ।
२०७९ मा भएको प्रतिनिधिसभा निर्वाचनमा जनता समाजवादी पार्टी नेपालबाट प्रतिनिधिसभा क्षेत्र नं. २ मा मो. इस्तियाक राई उम्मेदवार थिए । आगामी निर्वाचनमा राई नेकपा एमालेको सुर्य चिन्ह लिएर क्षेत्र नं. २ बाट निर्वाचन लड्दै छन् ।
२०७९ मा एउटै पार्टीमा रहेका दुवै आगामी निर्वाचनमा भने आमनेसामने हुने भएका छन् ।









