अहिले देश निर्वाचनमय बनेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि ६ गते देशैभरी उम्मेदवारहरुले मनोनयन दर्ता संगै निर्वाचनको माहोल बढको हो ।
प्रतिनिधिसभा निर्वाचनको लागि बाँके जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा गरी ६० जनाले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालय नेपालगन्जले जानकारी दिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार, बाँकेका ३ वटै निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरूले माघ ६ गते मनोनयन दर्ता गराएका छन् ।
बाँके क्षेत्र नम्बर १ मा ३ जना स्वतन्त्रसहित १६ जना, क्षेत्र नम्बर २ मा तीन जना स्वतन्त्रसहित २२ जना र क्षेत्र नम्बर ३ मा पाँच जना स्वतन्त्रसहित २२ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
बाँकेका मुख्य निर्वाचन अधिकृतको कार्यालयले तीनवटै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण वातावरणमा मनोनयन दर्ता कार्यक्रम सम्पन्न भएको जनाएको छ । क्षेत्र नम्बर १ बाट उम्मेदवारी दर्ता गराउनेमा प्रगतिशील लोकतान्त्रिक पार्टीका कृष्णा केसी, राष्ट्रिय जनमोर्चाका तुलसीराम सापकोटा, स्वतन्त्र उम्मेदवार दीपकबहादुर शाही, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का दीपक बुढाथोकी, स्वतन्त्र उम्मेदवार दिवाकर शर्मा, उज्यालो नेपाल पार्टीका धनबहादुर खड्का, नेपाली कम्युनिष्ट पार्टीका नरेन्द्रप्रसाद पाण्डे, नेपाली कांग्रेसका नारायणप्रसाद गौडेल, राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदीपकुमार शाह, स्वतन्त्र उम्मेदवार प्रदीप पौडेल, मंगोल नेशनल अर्गनाइजेसनबाट फेरुलाल चौधरी, श्रम संस्कृति पार्टीका भरतनिधि तिवारी, जनता समाजवादी पार्टी नेपालका राजेन्द्रकुमार विश्वकर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेशकुमार चौधरी, नेपाल मजदुर किसान पार्टीका सुरजा थापा र नेकपा एमालेका सूर्यप्रसाद ढकाल रहेका छन् ।
त्यसैगरी बाँके क्षेत्र नम्बर २ बाट नेकपा एमालेका मोहम्मद इस्तियाक राई, नेपाली कांग्रेसका सुधांशु कोइराला, नेपाली कम्युनिष्ट पार्टीका दीपेन्द्र विष्ट, राष्ट्रिय स्वतन्त्र पार्टीका विवेककुमार श्रेष्ठ, जनता समाजवादी पार्टी नेपालका कमरुद्धिन राई, राष्ट्रिय प्रजातन्त्र पार्टीका ऋषिराज देवकोटा, प्रगतिशील लोकतान्त्रिक पार्टीका माजिद अलि शेष, नेपाल जनता पार्टीका विजयकुमार गुप्ता, उज्यालो नेपाल पार्टीका शैलेन्द्रकुमार कर्ण, राष्ट्रिय जनमत पार्टीका इर्फान शेष र जनता समाजवादी पार्टीका सरस्वतीप्रसाद बर्मा, नेपाल मजदुर किसान पार्टीका प्रकाश शाह, श्रम संस्कृति पार्टीका रामचरण चौधरी, नेकपा (माओवादी) का महेन्द्रबहादुर चन्द, राष्ट्रिय जनमोर्चाका जगदीश ढकाल, आम जनता पार्टीका अब्दुल अमर साई, राष्ट्रिय मुक्ति मोर्चा नेपालका बाबु प्रकाश घिमिरे, राष्ट्रिय एकता दलका सिताराम यादव, जनमत पार्टीका मोहम्मद आजाद शाइ, गोपालप्रसाद गिरी, सौरभजंग शाह र मनोजकुमार चौधरीले उम्मेदवारी दर्ता गराएका छन् ।
त्यस्तै, निर्वाचन क्षेत्र नम्बर ३ मा नेकपा एमालेका सुमन मल्ल, नेपाली कांग्रेसका अमरसिंह पुन, श्रम संस्कृति पार्टीका ओमकार थापामगर र नेपाली कम्युनिष्ट पार्टीका कान्तुराम गौतम, राष्ट्रिय स्वतन्त्र पार्टीका खगेन्द्र सुनार, नेपाल कम्युनिष्ट पार्टी माक्र्सवादी (पुष्पलाल) का चन्द्रवीर कामी, स्वतन्त्र उम्मेदवार चेतबहादुर वली, राष्ट्रिय प्रजातन्त्र पार्टीका तारकसिंह थारु, प्रगतिशील लोकतान्त्रिक पार्टीका तेजप्रसाद भण्डारी, नागरिक उन्मुक्ति पार्टीका ध्रुवराज थारु, स्वतन्त्र उम्मेदवार पदमबहादुर घर्तीमगर, जनमत पार्टीका फिरोज खाँ, आम जनता पार्टीका विद्या शर्मा, स्वतन्त्र उम्मेदवारद्वय भगवती शाह र भीमबहादुर सुनार, नेपाल मजदुर किसान पार्टीका भूमि महतरा र राष्ट्रिय जनमोर्चाका मनबहादुर सुनार, मंगोल नेशनल अर्गनाइजेसनका मनोजकुमार थारु, राष्ट्रिय जनमत पार्टीका मुबारकअली दर्जी, मितेरी पार्टी नेपालका रूपकुमार चन्द, जनता समाजवादी पार्टी नेपालका सूर्यलाल यादव, स्वतन्त्र उम्मेदवार सूर्यप्रसाद रेग्मी र नेपाली कम्युनिष्ट पार्टीका दीपककुमार गौरी मगरले पनि उम्मेदवारी दर्ता गगराएका छन् ।









