दाङ क्षेत्र नम्बर २ बाट समीर ओलीको स्वतन्त्र उम्मेदवारी

असल शासन प्रतिनिधि

दाङ । दाङ जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ बाट आगामी प्रतिनिधिसभा निर्वाचनका लागि युवा अभियन्ता समीर ओलीले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।


लामो समय देखि जिल्लामा सुशासन प्रबद्र्धन, भ्रष्टाचार बिरुद्धको अभियान र खेल क्षेत्रमा सक्रिय रहदै आएका वलीले समाजप्रतिको थप जिम्मेवारी लिदै उम्मेदवारी घोषणा गरेको बताएका छन् । उनले असल शासनसँग भने राजनीति मेरो महत्वकांक्षा होइन, समाजप्रतिको जिम्मेवारी हो। पछिल्लो समय राजनितिक दलहरु प्रतिको नागरिक असन्तुष्टिका बीच विकल्पका रूपमा स्वतन्त्र उम्मेदवारी दिएको उनले बताए ।
दाङ क्षेत्र नम्बर २ मा एमालेबाट महासचिव शंकर पोखरेल, नेपाली कांग्रेसबाट किरण किशोर घिमिरे र राष्ट्रिय स्वतन्त्र पार्टीबाट सहमहामन्त्री विपिनकुमार आचार्यले उम्मेदवारी दिएका छन् ।

  • ९ माघ २०८२, बिहीबार प्रकाशित

  • Nabintech