राप्तीसोनारीमामा जैबिक चौतारीको माध्यामबाट संवाद

असल शासन प्रतिनिधि

नेपालगन्ज/ जैविक चौतारीको माध्यमबाट संरक्षणको सवाल, चुनौती तथा अवसर सम्बन्धी छलफल तथा संवाद कार्यक्रम सम्पन्न भएको छ ।

बास नेपालको आयोजना तथा डिभिजन बन कार्यालय नेपालगन्जको सहयोगमा राप्तीसोनारी गाँउपालिका वडा नम्बर ६ मा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

जैविक चौतारीको माध्यमबाट जैविक विविधताका बारेमा छलफल गर्ने, सरोकारवाला तथा स्थानीय समुदायका ब्यक्तिहरुको सहभागितामा जैविक विविधता संरक्षणका सवाल, चुनौती र अवसरका बारेमा बहस गर्ने र जैवीक विविधता संरक्षण, जलवायु परिवर्तन सम्बन्धी सवाल तथा चुनौती समाधानका उपायहरु खोज्ने उद्धेश्यले उक्त कार्यक्रमको आयोजना गरिएको थियो ।

राप्ती सब डिभिजन कार्यालयका वरिष्ठ बन अधिकृत राम गणेश शाह, चमेली बाबावाल सदाबहार बन उपभोत्ता समितिका अध्यक्ष लगायतको सहभागिता रहेको संवादबाट ३ बुदें प्रतिबद्धता जारी गरेको छ । यसरी गरिएका प्रतिबद्धताहरुमा मानव बन्यजन्तुको द्धन्द्ध बढिरहेको समयमा बन डिभिजने उपभोक्ता समुहलाई सचेतनामुलक कार्यक्रम र समय समयमा तालिम छलफल गरिरहेनेछौं, सामुदायिक बन उपभोत्ता समितिले घाटगद्धिमा भएका काठहरुलाई प्रक्रियामा पुर्याएर मात्र बितरण गर्ने, सामुदायिक बन उपभोक्ता समितिले प्रत्येक ६ महिनामा आफ्नो नजिकका उपभोक्ता समितिसँग छलफल राख्ने योजना अनिबार्य रुपमा बनाउने प्रतिबद्धता रहेका छन् ।

४० जनाको सहभागिता रहेको उक्त संवाद झण्डै २ घण्टा सम्म चलेको थियो भने कार्यक्रम सञ्चालन बास नेपालका सहजकर्ता ज्वती बुढाले गरेकी थिइन् ।

  • १३ माघ २०८२, सोमबार प्रकाशित

  • Nabintech