बाँके क्विजको उपाधी जिभिएनलाई

असल शासन प्रतिनिधि

नेपालगन्ज/बाँके जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिताको उपाधि ज्ञानोद्धय बिद्या निकेतन (जिभिएन) स्कुल नेपालगन्जले हात पारेको छ ।
बास नेपालको आयोजनामा आज नेपालगन्जमा सम्पन्न प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै ज्ञानोद्धय बिद्या निकेतनले नगद रु. १५ हजार, ट्रफि र प्रमाणपत्र हासिल गरेको छ । यसैगरी प्रतियोगितामा श्री बुद्ध इंलिस मिडियम स्कुल द्धितिय, नेपालगन्ज मोडेल एकेडमी तृतीय र वेष्टजोन इंलिस मिडियम स्कुलले सान्त्वना स्थान हासिल गरेकोछ । प्रतियोगितामा द्धितिय, तृतीय र सान्त्वना स्थान हासिल गर्न सफल बिद्यालयहरुले क्रमशः नगद रु. १० हजार, ५ हजार र ३ हजार, ट्रफि र प्रमाणपत्र हासिल गरेका छन् ।


बास नेपालका केन्द्रीय अध्यक्ष शिव कुमार वर्माको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटनमा बोल्दै प्रमुख अतिथि शिक्षा विकास समन्वय इकाई नेपालगन्जका प्रमुख धनसुदन चौलागाइले बास नेपालले बिद्यार्थीहरुलाई लक्षित गरेर आयोजना गरेको प्रतियोगिताले बिद्यार्थीहरुको क्षमता अभिबृद्धीसँगै आत्मवल बढाउने विश्वास ब्यक्त गरे । उनले प्रतियोगिताको सफलताको शुभकामना ब्यक्त गरेका थिए । यसैगरी कार्यक्रममा बोल्दै अतिथि मान बहादुर थापाले अतिरिक्त क्रियाकलापले बिद्यार्थीहरुको क्षमता उजागर गर्ने जनाउदै प्रतियोगिताको सफलताको शुभकामना ब्यक्त गरे ।
बास नेपालका निर्देशक हेमराज भट्टले स्वागत तथा कार्यक्रमको उद्धेश्यमाथि प्रकाश पारेका थिए । प्रतियोगिताको नियमसँगै हाजिरी जवाफ प्रतियोगिताको सहजिकरण प्रमुख निर्णायक सन्तोष खड्काले गरेका थिए । प्रतियोगितामा धन्यबाद ज्ञापन सहित कार्यक्रमको समापन बास नेपालका केन्द्रीय अध्यक्ष शिव कुमार वर्माले गरेका थिए । प्रतियोगिता नेपालगन्ज नगर स्तरीय प्याब्सन, ब्राइटल्याण्ड स्कुल र ज्ञानोद्धय बिद्या निकेतन बाँकेको सहकार्यमा सम्पन्न भएको हो ।


प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने ज्ञानोद्धय बिद्या निकेतनबाट राजेन्द्र न्यौपाने, बिराज बिष्ट र रत्न कडारा, द्धितिय स्थान गर्ने श्री बुद्ध इंलिस मिडियम स्कुलबाट दर्शन कुमार शर्मा, नमिता रामजाली र हर्षित सापकोटा, तृतीय स्थान हासिल गर्न सफल नेपालगन्ज मोडेल एकेडमीबाट आयूष ढकाल, चिरण बिष्ट र अस्मिता बिष्ट र सान्त्वना स्थान हासिल गर्न सफल वेष्टजोन इंलिस मिडियम स्कुलबाट बर्षा खड्का, आदित्य डांगी र क्षीतिज खड्काले प्रतियोगिको रुपमा सहभागिता जनाएका थिए । प्रतियोगिताको पुरस्कार बितरण बास नेपालका केन्द्रीय अध्यक्ष शिव कुमार वर्मा र प्रमुख निर्णायक सन्तोष खड्काले गरेका थिए । कार्यक्रमको सहजिकरण बास नेपालका जनसम्पर्क अधिकृत माधब कार्कीले गरेका थिए ।

  • १३ माघ २०८२, सोमबार प्रकाशित

  • Nabintech