दुर्गा प्रसाईं पक्राउ

असल शासन प्रतिनिधि

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाइ प्रहरीले पक्राउ गरेको छ। शुक्रबार काठमाडौँ स्थित चाल्नाखेलबाट नेपाल प्रहरीले प्रसाईंलाई पक्राउ गरेको जनाएको छ।

काठमाडौँ जिल्ला प्रहरी परिसरले प्रसाइलाक्ष् पक्राउ गरिएको पुष्टि गरेको छ । यद्यपि, उनीमाथि के अभियोग लगाइएको छ भन्नेबारे चाहिँ खुलाइएको छैन। प्रसाईं यस अघि माघ ६ गते हाजिर जमानीमा रिहा भएका थिए । सार्वजनिक शान्ति विरुद्धको कसुरमा माघ ५ मा प्रहरीले उनलाई पोखराबाट पक्राउ गरेर काठमाडौँ ल्याएको थियो ।

उनले नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा पक्षले निर्वाचन आयोगमा रकम बुझाएर आधिकारिकता लिएको सार्वजनिक अभिव्यक्ति दिएका थिए । आयोगले त्यसबारे अनुसन्धान गर्न प्रहरीलाई पत्राचार गरेको थियो ।

 

  • २४ माघ २०८२, शुक्रबार प्रकाशित

  • Nabintech