मेलिना राईको अमेरिकामा माया

असल शासन प्रतिनिधि

नेपालगञ्ज / नेपाली सांगीतिक बजारमा नयाँ गीत ‘अमेरिकामा माया’ सार्वजनिक भएको छ । लोकप्रिय गायिका मेलिना राई र गायक उत्तमजंग लिम्बु को सुमधुर स्वरमा सजिएको यस गीतले वैदेशिक जीवन र प्रेमको भावनात्मक कथालाई प्रस्तुत गरेको छ ।

गीतको शब्द तथा संगीत नोबिन जेकेले तयार पारेका हुन् । आधुनिक मेलोडी र समसामयिक भावनालाई समेटिएको यस गीतमा रेकर्डिङ, मिक्सिङ तथा मास्टरिङ भोला पौडेल ले गरेका छन् । स्टुडियो ध्वनि डिजाइनमा पनि पौडेलकै योगदान रहेको छ, जसले गीतलाई प्राविधिक रूपमा परिष्कृत बनाएको छ ।

गीतको भिडियोतर्फ कलाकार निशान एसके र कविता न्यौपानेले अभिनय गरेका छन् । वैदेशिक भूमिमा रहेका नेपाली युवायुवतीको प्रेम, संघर्ष र सम्झनालाई कथात्मक शैलीमा प्रस्तुत गरिएको भिडियोले दर्शकको ध्यान आकर्षित गर्ने अपेक्षा गरिएको छ ।

  • ५ फाल्गुन २०८२, मंगलवार प्रकाशित

  • Nabintech