छिटपुट घटनाबाहेक देशभर शान्तिपूर्ण निर्वाचन सम्पन्न

६० प्रतिशत मत खसेको आयोगको भनाइ

असल शासन प्रतिनिधि

नेपालगन्ज/ बिभिन्न शंका, उपशंका र हल्लाका बिच प्रतिनिधिसभा निर्वाचन केही छुटपुट घटना बाहेक शान्तिपुर्ण रुपमा समपन्न भएको छ । देशभर जम्मा दुई राउन्ड हवाई फायर र एक राउन्ड असावधानीवश गोली पड्किएको घटना बाहेक सुरक्षाकर्मीले कुनै बल प्रयोग गर्नुपर्ने अवस्था आएन ।

ुविगतका चुनावको तुलनामा यसपटक अत्यन्तै शान्तिपूर्ण, सुव्यवस्थित र भयहित वातावरणमा निर्वाचन सम्पन्न भएको पाइएको छ । गत भदौ २३ र २४ मा भएको प्रदर्शनपछि आफ्ना संरचना क्षतिग्रस्त भएको अवस्थामा समेत सुरक्ष निकायले प्रभावकारी सुरक्षा रणनीति लागू गर्दै निर्वाचन सुरक्षाको कमान्ड सफलतापूर्वक सम्हालेको जनाएको छ ।

निर्वाचन आयोगले देशभर शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको र पुनः निर्वाचन गर्नुपर्ने अवस्था नरहेको जनाएको छ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले अहिलेसम्म कतै पनि पुनः मतदानको आवश्यकता नदेखिएको बताएका छन् । यस निर्वाचनबाट १६५ जना प्रत्यक्ष र ११० जना समानुपातिक प्रणालीमार्फत प्रतिनिधि चयन हुनेछन् । निर्वाचन सुरक्षाका लागि करिब ३ लाख ३४ हजार सुरक्षाकर्मी परिचालन गरिएको थियो । एकीकृत सुरक्षा योजनाअनुसार ७९ हजार नेपाली सेना, ७३ हजार नेपाल प्रहरी, ३१ हजार सशस्त्र प्रहरी बल र १ हजार ८ सय राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी परिचालन भएका थिए ।
बिहिबार सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा करिब ६० प्रतिशत मत खसेको निर्वाचन आयोगले बताएको छ । निर्वाचन सम्पन्न भएपछि आयोगमा आयोजित पत्रकार सम्मेलनमा आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले अहिलेसम्मको प्राप्त विवरणअनुसार करिब ६० प्रतिशत मत खसेको बताए।

दुर्गम १५ जिल्लाका मतपेटिका नेपाली सेनाको हेलिकप्टरबाट संकलन गरिएको जनाउँदै कार्यवाहक प्रमुख भण्डारीले मतपेटिका संकलन भएपछि मतगणना तत्काल सुरु गरिने जानकारी दिए। उनका अनुसार ताप्लेजुङ, रसुवा, दोलखा र रुकुमपूर्वमा मतपेटिका आजै र सङ्खुवासभा, सोलुखुम्बु, मनाङ, हुम्ला, रुकुमपश्चिम र बाजुराका मतपेटिका शुक्रबारसम्म हेलिकप्टरबाट संकलन गरिएको छ।

 

  • २१ फाल्गुन २०८२, बिहीबार प्रकाशित

  • Nabintech