नारी दिवसको अवसरमा महिला सशक्तीकरण बिषयक तालिम

असल शासन प्रतिनिधि

नेपालगञ्ज/ ११६ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा महिला सशक्तीकरण विषयक १ दिने तालिम सम्पन्न भएको छ ।

कोहलपुर जेसिजको आयोजना, बास नेपाल र दिदि बहिनी समाजको सहकार्यमा सो तालिम नेपालगञ्जमा सम्पन्न भएको हो । हाम्रो नयाँ दृष्टि महिला सुधार गृहमा उपचारार्थ रहेका महिलाहरुको सहभागितामा सो तालिम फाल्गुण २४ गते सम्पन्न भएको हो ।

कोहलपुर जेसिजकि महासचिव अस्मिता पुनले सञ्चालन गरेको सो तालिममा कोहलपुर जेसिजकी अध्यक्ष, बास नेपालकी निबर्तमान अध्यक्ष तथा दिदि बहिनी समाज बाँकेकी सचिव लुना बुढाथोकीले सक्षम महिला, चिन्ता ब्यवस्थापन, खुसि हुने तरिका, महिलाको भुमिका, महिलाका चुनौतीहरु, नारी शक्ती लगायतका बिषयमा प्रशिक्षण दिएकि थिईन् ।

३० जनाको सहभागितामा भएको तालिमका सहभागिहरुले तालिम प्रभावकारी भएको बताएका थिए । तालिमको अन्तमा हाम्रो नयाँ दृष्टि महिला सुधार गृहकी प्रमुख राशि रावलले धन्यवाद ज्ञापन गरेकि थिईन् ।

 

  • २६ फाल्गुन २०८२, मंगलवार प्रकाशित

  • Nabintech