नेपालगञ्ज/ नेपालगञ्ज उपमहानगरपालिकासँग बिज्ञापन कर संकलन सम्बन्धि सूचना माग गरिएको छ ।
सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ३ बमोजिम नेपालगञ्जका ४ जना नागरिकहरुले सूचना माग गरेका हुन् ।
सूचना मागकर्ताहरुले नेपालगञ्ज उपमहानगरपालिकाबाट बिज्ञापन कर संकलनका लागि भएको नीतिगत व्यवस्था, बिज्ञापन करको दर बिबरण, उपमहानगर क्षेत्र भित्र बिज्ञापन कर संकलनका लागि अवलम्वन गरिएको प्रकृया, जिम्मेवारीको बिबरण मागेका छन् ।
यसैगरी सूचना मागकर्ताहरुले गत बर्ष उपमहानगर क्षेत्रबाट संकलन भएको बिज्ञापन कर संकलनको पूर्ण बिबरण, यस आ.ब.को हाल सम्म संकलित बिज्ञापन करको बिबरण माग गर्नुका साथै बिभिन्न पेशा, व्यवसायका कार्यालयहरुको साईनवोर्ड समेतको बिज्ञापन कर लिएको बिषयमा बास्तविकता माग गरिएको छ ।
निबेदकहरुले उपमहानगरको बिज्ञापन दर बिपरित आफुखुशी बिज्ञापन संकलनको जिम्मेवारी प्राप्त गरेको कम्पनिले रकम असुल गरेको बिषयमा उपमहानगरपालिकाको धारणा मागेका छन् ।
यसरी सूचना माग गर्नेहरुमा नेपालगञ्ज १२ का नमस्कार शाह, नेपालगञ्ज १० का मन भण्डारी, हेमराज भट्ट र शुद्ध प्रसाद चौधरी रहेका छन् ।









