फ्रिडम किट ब्यागले आत्मविश्वास बढाएकोमा महिलाहरु खुस

असल शासन प्रतिनिधि

नेपालगन्ज/नेपालमा बसोबास गर्ने महिला तथा वालिकाहरुका लागि महिनावारी स्वच्छता, शिक्षा तथा व्यवस्थापन कार्यक्रमको समिक्षामा सहभागि महिला र र किशोरीहरुले फ्रिडम किट ब्यागले सुरक्षा र आत्म विश्वास बढाएको बताएका छन् ।
बासका केन्द्रीय अध्यक्ष शिब कुमार वर्माको अध्यक्षता तथा जिल्ला समन्वय समिति बाँकेका उप प्रमुख सिता कार्कीको प्रमुख आतिथ्यतामा आज नेपालगन्जमा सम्पन्न समिक्षाका सहभागिहरुले यस्तो बताएका हुन् ।
एफकेबी युकेको सहयोगमा बास नेपालद्धारा सञ्चालीत कार्यक्रमको समिक्षामा बोल्दै जिल्ला समन्वय समिति बाँकेका उपप्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि कार्कीले फ्रिडम किट ब्यागले महिलाहरुको सुरक्षा गरेको बताइन् । फ्रिडम किट ब्यागले महिलाहरुको सुरक्षा, आत्मविश्वास बढाएको उनको भनाइ थियो ।
कार्यक्रममा बोल्दै अतिथि नेपालगन्ज उपमहानगरपालिका महिला तथा बालवालिका शाखाका आशा शाहीले फ्रिडम किट ब्याग एक उपयोगी कार्यक्रम भएको जनाउदै नेपालगन्ज उपमहानगरपालिकाले महिला र किशोरीहरुको स्वास्थ्यलाई ध्यानमा राखेर काम गर्ने प्रतिबद्धता गरिन् ।
यसैगरी कार्यक्रममा बोल्दै दलित महिलासँघ फेडोका अध्यक्ष निर्मला सुनारले ग्रामिण समुदायमा वितरण भएको एफकेबीेले महिलाहरुलाई सहज बनाएको बताइन् ।


कार्यक्रममा बोल्दै आदर्श माबि राझाँका प्रधानाध्यापक प्रकाश आचार्यले बिद्यालयमा वितरण भएको फ्रिडम किटब्याग प्राप्त गर्ने छात्राहरुले नियमित प्रगोग गर्दै आएको जानकारी दिए । उनले अन्य बिद्यार्थीहरुले समेत फ्रिडम किट ब्याग माग गरिरहेको भन्दै फ्रिडम किट ब्यागको महत्व र उपयोगीतालाई ध्यानमा राखि सरकार मार्फत वितरण हुने सेनेटरी प्याडको सट्टामा रियुजेवल प्याड निर्माण गरि वितरण गर्न सकेमा बिद्यार्थीहरुमा सहजता हुनुका साथै वातावरण संरक्षणमा समेत टेवा पुग्ने बताए ।
समिक्षाको क्रममा फ्रिडम किट ब्याग प्रयोग गर्दै आएका कोहलपुरकी राम प्यारी चौधरी, जनसेवा माबि खजुराका बर्षा विश्वकर्मा, फातिमा फाउण्डेसनकी आमना खातुन, बासगढी बर्दियाका शारदा भण्डारी, निलसागर सेवाश्रमकी संरचना निलसागरले फ्रिडम किट ब्याग प्राप्त गरे पछि महिनावारीको समयमा प्याडका बिषयमा हुने तनाब हटेको बताएका थिए । किट ब्यागको प्रयोग पछि स्वास्थ्यमा सुधार हुनुका साथै पैसाको समेत बचत भएको उनीहरुको भनाई थियो ।


बास नेपालका लेखा अधिकृत राष्टी बुढा मगरले सहजिकरण गरेको कार्यक्रममा परियोजनाको प्रगति र उपलब्धीका बिषयमा बास नेपालका निर्देशक हेमराज भट्टले प्रश्तुतीकरण गरेका थिए ।


बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले उद्धेश्यमाथि प्रकाश पारेको कार्यक्रममास् वागत कार्यक्रमकी एजुकेशन पर्सन मिना घर्ती मगरले गरेकी थिइन् भने परियोजनाको श्रब्य दृष्य प्रश्तुतीकरण बास नेपालका कार्यक्रम अधिकृत रबिन्द्र बोहराले गरेका थिए । कार्यक्रममा स्थानीय तह, सरोकारवाला, लक्षित बर्ग र पत्रकार गरी ४५ जनाको सहभागिता रहेको थियो ।

  • ६ चैत्र २०८२, शुक्रबार प्रकाशित

  • Nabintech