दाउन्नेमा दुर्घटना, तीन जनाको मृत्यु, १५ घाइते

असल शासन प्रतिनिधि

नवलपरासीको दाउन्नेमा भएको सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । गएराति १ बजे नवलपरासीको बर्दघाट नगरपालिका–४ घ्यूखोलामा तीनवटा सवारी साधन एक आपसमा ठोकिँदा सो दुर्घटना भएको हो ।

बुटवलतर्फ जाँदै गरेको ना ७ ख ९३९८ नम्बरको ट्रक र सोही दिशाबाट जाँदै गरेका लु २ ख २३५१ को बसले सोही दिशाबाट जाँदै गरेको ना ५ ख २२७५ को पिकअप गाडी दुर्घटनामा परेको हो । दुर्घटनामा मृत्यु भएका मृतकमध्ये एक जनाको सनाखत भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । रोल्पाका २५ वर्षीय गोविन बुढाको सनाखत भएपनि अन्य २ जनाको सनाखत हुन सकेको छैन । मृतक तीनै जना पुरुष हुन् ।

दुर्घटनामा १५ जना घाइते भएका छन् । ट्रक र बसले पिअपलाई ठक्कर दिएको थियो । ठक्कर दिएका बस र ट्रक २ सय मिटर तल खस्दा दुर्घटना भएको बताइएको छ ।

  • १४ चैत्र २०८२, शनिबार प्रकाशित

  • Nabintech