नेपालगञ्ज/ नेपालगन्जको कोरियनपुरमा शनिवार राती जलेको अवस्थामा एक युवती भेटिइन् । उनलाई देखेर स्थानीयले प्रहरीलाई खवर गरे, प्रहरीले उनलाई अस्पताल पु¥याएपनि उनलाई बचाउन सकेन, उनलाई भेरी अस्पतालले मृत घोषणा ग¥यो । जलेको अवस्थामा सडकमा मृत भेटिएकी नेपालगञ्ज कोरियनपुर निवासी युवती २२ वर्षीया सिर्जना बुढा (गीता) रहेको आईतवार बिहान पुष्टि भयो ।
मृतक युवतीकी तीन वर्षकी छोरीसमेत छिन् । पतिसँग सम्बन्धबिच्छेद गरेर बसेकी उनी केही वर्षदेखि स्थानीय २४ बर्षिय युवा गोलु ढपालीसँग प्रेममा थिइन्, उनीहरु लिभिङ टुगेदरमा थिए । घटनाको अनुसन्धानका क्रममा मृतक सिर्जना प्रेमी मो आरिफ ढपालीसँग नेपालगञ्ज–८ रानितलाउमा कोठा भाडामा लिएर बस्दै आएको खुलेको छ ।
उनीहरूबीच सम्बन्ध राम्रो नभएको स्थानीयहरुको भनाई छ । उनीहरुको झगडा वडा नम्वर १२ हुँदै जिल्ला प्रहरी कार्यालयसम्म पुगेको स्थानीयहरुको भनाई रहेको छ ।
घटना हुनुभन्दा दुई दिन अगाडि चैत १३ गते आरिफले आफूलाई कुटपिट गरेको भन्दै सिर्जनाले प्रहरीमा उजुरी गरेकी थिइन् । सोही उजुरीका आधारमा पक्राउ परेका आरिफलाई चैत १४ गते अब उप्रान्त झगडा नगर्ने र मिलिजुली बस्नेु सर्तमा प्रहरीले हिरासतबाट छाडेको थियो । तर, हिरासतबाट छुटेकै रात सिर्जना आफ्नो कोठाभन्दा टाढा आरिफको घर नजिकैको सडकमा आगोले जलिरहेको अवस्थामा फेला परेसँगै घटना शंकास्पद बनेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेले सिर्जनाको मृत्युपछि घटनामा संलग्नताको आशंकामा प्रेमी आरिफ ढपाली, उनकी आमा र दिदीसहित तीन जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ परेका तीनै जनामाथि गम्भीर रूपमा अनुसन्धान भइरहेको सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक दिपक पातलीले जानकारी दिएका छन् ।
स्थानीयले उनका प्रेमीले जिउँदै आगो लगाएर सडकमा फालेको आरोप लगाएका छन् ।
प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा महिलाको जलेर मृत्यु भएको देखिए पनि कारण खुल्न सकेको छैन । घटनाको प्रकृति शंकास्पद देखिएकोभन्दै प्रहरीले अनुसन्धानलाई तीव्र पारेको जनाएको छ ।
प्रहरीले यो घटनालाई विभिन्न कोणबाट गम्भीर अनुसन्धान गरिरहेको जनाएको छ । साथै, संवेदनशील विषय भएकाले सामाजिक सञ्जालमा समुदायहरूबीच द्वन्द्व फैलाउने खालका टिका–टिप्पणी नगर्न र आधिकारिक पुष्टि भएका सूचना मात्र सम्प्रेषण गर्न प्रहरीले सबैमा अपिल समेत गरेको छ ।









