यातायात व्यवस्था कार्यालयबाट ९ जना पक्राउ

असल शासन प्रतिनिधि

नेपालगन्ज । यातायात व्यवस्था कार्यालय नेपालगन्जबाट नौ जनालाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको छ ।
सेवाग्राहीबाट विभिन्न वाहानामा रकम असुल गर्ने तथा काममा झन्झट सिर्जना गरिरहेको पाइएपछि उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरिक्षक दिपक पातलीले बताए ।

पक्राउ परेका सबै बिचौलीया नभएको बताउदै कसुरको मात्रा हेरी अनुसन्धान भइरहेको बताए । हाल पक्राउ परेका ९ जनालाई नै जिल्ला प्रहरी कार्यालयमा राखेर अनुसन्धान भइरहेको छ ।

  • २० चैत्र २०८२, शुक्रबार प्रकाशित

  • Nabintech