लेखा अधिकृतविरूद्ध भ्रष्टाचार मुद्दा दायर

असल शासन प्रतिनिधि

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल, काठमाडौँमा कार्यरत लेखा अधिकृत ढुण्डी राज दाहालविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार दाहालविरूद्ध ९३ हजार ८ सय ५० रुपैयाँ मागदाबी सहित विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

विभिन्न सप्लार्स कम्पनी, ठेकेदारहरूलाई नियमानुसार भुक्तानी गर्नुपर्ने बिल रकम भुक्तानी गर्दा घुस र रिसवत वापत रकम लिई कार्यकक्षमा लुकाई राखेको भन्ने उजुरीका आधारमा टंगालबाट खटिई गएको टोलीले लेखा अधिकृत दाहाललाई रू. १ लाख २० हजार ८ सय ५० सहित नियन्त्रणमा लिइएको थियो। ‘अनुसन्धानको सिलसिलामा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालका लेखा अधिकृत दाहालले अस्पतालको आन्तरिक स्रोतबाट भुक्तानी दिने क्रममा गैरकानुनी गरेको उल्लेख छ ।

गैरकानुनी लाभ लिने बदनियत राखी योजनबद्ध रुपमा विभिन्न कम्पनी र फर्महरुका प्रतिनिधिसँग मोलमोलाई गरी घुस र रिसवत लिनेदिने सर्तमा भुक्तानीको प्रक्रियामा सहजीकरण गरी अगाडि बढाई सेवाग्राहीसँग ९३ हजार ८ सय ५० रुपैयाँ लिएको प्रमाणित भएपछि भ्रष्टाचार मुद्दा दायर गरिएको हो, अख्तियारका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ।

  • २५ चैत्र २०८२, बुधबार प्रकाशित

  • Nabintech