परिवारको जिम्मामा रिहा भए वली र लेखक

असल शासन प्रतिनिधि

पक्राउ गरेको १३ औँ दिनमा प्रहरीले पुर्व प्रधानमन्त्रि केपी शर्मा ओली र पुर्व गृहमन्त्री रमेश लेखकलाई जिम्मा जमानीमा छाडेको छ ।
त्रिवि शिक्षण अस्पतालमा उपचाररत पूर्व प्रधानमन्त्री ओलीलाई उनकी धर्मपत्नी राधिका शाक्यको जिम्मा लगाइएको छ भने लेखकलाइ पत्नी यशोदा लेखकको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।

अनुसन्धानको क्रममा खोजेको बखत हाजिर हुने गरी दुबैजनालाइ परिवारको जिम्मा लगाइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले रातोपाटीलाई बताए । भदौ २३ र २४ को घटना छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले फौजदारी मुद्दामा अनुसन्धान गर्न सिफारिस गरेपछि उनिहरुलाइ प्रहरीले चैत १४ मा पक्राउ गरेको थियो ।

 

 

  • २६ चैत्र २०८२, बिहीबार प्रकाशित

  • Nabintech