काठमाण्डौं । नेपाल पत्रकार महासंघका पुर्व केन्द्रीय सभापति बरिष्ठ पत्रकार तारानाथ दाहाललाई पितृशोक परेको छ।
फ्रिडम फोरम नेपालका कार्यकारी प्रमुख सुचनाको हकका अभियन्ता समेत रहेका तारानाथ दाहालका बुवा केदारनाथ दाहालको ९५ बर्षको उमेरमा निधन भएको हो ।
सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका १० शिखरपुर घर भएका स्व. दाहालले त्यस क्षेत्रको शैक्षिक, सामाजिक र विकास निर्माणको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएका थिए।









