बेथिती बिरुद्ध जागरण अभियान हो बास नेपाल

असल शासन प्रतिनिधि

बास नेपालको स्थापना २०५७ सालमा महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जमा भएको हो । हालको बास नेपालको स्थापना हुँदाको नाम राजीनितशास्त्र असल शासन रेडियो श्रोता क्लब आईए दोश्रो बर्ष, राजनीतिशास्त्र बिभाग, महेन्द्र बहुमुखि क्याम्पस नेपालञ्ज हो । यस संस्थाका संस्थापक अध्यक्ष भुपेन्द्र शर्मा पौडेल हुन् । उनी हाल प्रान्सको प्यारिसमा छन् । उनसँग गरिएको संक्षिप्त कुराकानी यहाँ प्रश्तुत छ :

१. बास नेपाल शुरुको राजनीतिशास्त्र असल शासन रेडियो श्रोता क्लवको संस्थापक अध्यक्षको नाताले कस्तो महसुसु हुन्छ ?

– बास नेपालको शुरु हुँदाको नाम राजनीतिशास्त्र असल शासन रेडियो श्रोता क्लब हो । यो संस्थाको संस्थापक अध्यक्ष हुनुमा अबस्यनै गर्ब गर्दछु । साथै जुन लक्ष्यले यस संस्थाको स्थापना भएको थियो । सोही लक्ष्य बमोजिम देशै भरी बेथिती बिरुद्ध जागरण अभियान सञ्चालन भएको देखेर समुन्द्र पारि बसेर खुशीले मुस्कुराउँछु ।

२. क्लवको स्थापना कसरी र किन भएको थियो ?

– कुरा २०५७ साल मंसिर महिनाको हो । मंसिरको पारिलो घाम तापेर बस्दा नमस्कार शाह र म बसेर केही गरांै भनेर क्याम्पसमा भएको अनियमित कक्षाका बिरुद्ध संगठित हुनुपर्छ भनेर हामी राजनीतिशास्त्र पढ्ने साथिहरु मिलेर पढाई नियमित गर्न सकिन्छ कि भनेर यो क्लब गठन गरेका हौं, हाम्रो उद्धेश्य पनि क्लब गठन पश्चात पुरा भयो ।

३. तपाईंको कार्यकालमा के के कामहरु भए ?

– मेरो नेतृत्वमा क्लब स्थापना भयो, क्लबलाई प्रो पब्लिकको असल शासन रेडियो कार्यक्रममा आबद्ध गरियो, क्याम्पससँग समन्वय गरेर क्याम्पस स्तरिय अतिरिक्त क्रियाकलापन लगायत बिबिध कार्यक्रम गरियो । एक बर्ष देखि आईए दोश्रो बर्षको अंग्रेजी बिषय पढाई नियमित थिएन, क्लबकै पहलमा असल शासन रेडियो कार्यक्रममा सामाग्रि सम्प्रेषण गर्दा पढाई नियमित भयो, असल शासन मासिक पत्रिका प्रकाशन शुरुवात गर्यौं । म करिव एक बर्ष जति मात्रै अध्यक्षको भुमिकामा रहें, पढाई सकिएपछि म पढाईको शिलशिलामा काठमाण्डौं तर्फ लागें, तत्पश्चात मेरो कार्यकालका सचिव नमस्कार शाहले क्लबलाई अघि बढाउनु भयो । मेरो कार्यकालमा जग हाल्ने काम भयो ।

४. संस्थाले अहिले गरिरहेका कामहरुलाई कसरी मुल्यांकन गर्नुहुन्छ ?

– उक्त क्लब हाल आएर बास नेपालको नाममा देश भरि संचालन भएको देख्दा हर्षबिभोर भएको छुँ । मित्र नमस्कार शाह सहित बिभिन्न कालखण्डमा नेतृत्व गर्ने सम्पूर्ण नेतृत्व पंतिलाई बधाई ज्ञापन गर्दछु ।

 

  • ३० चैत्र २०८२, सोमबार प्रकाशित

  • Nabintech