पूर्व विद्यार्थी समाजको अध्यक्षमा पुनः शर्मा निर्वाचित

असल शासन प्रतिनिधि

नेपालगन्ज । श्री जनता माध्यमिक विद्यालय पूर्व विद्यार्थी समाजको अध्यक्षमा पुनः झविलाल शर्मा सर्वसम्मत निर्वाचित भएका छन् ।
समाजको आज सम्पन्न चौथो साधारण सभा तथा दोस्रो अधिवेशनबाट अध्यक्ष शर्मा सहित ११ सदस्सिय नयाँ कार्य समिति चयन भएको हो । तिन वर्षक लागि निर्विरोध निवार्चित महिला उपाध्यक्षमा सुजाता खरेल, उपाध्यक्षमा इ. विवेक लामिछाने, सचिवमा विष्णु पौडेल, कोषाध्यक्षमा रत्ना कार्की, सहसचिवमा महेश खनाल, र सहकोषाध्यक्षमा सृजना रानामगर चयन भएका छन् । यसैगरी महिला सदस्यहरुमा कुन्ता कुमारी खत्री र सम्झना पाण्डे चयन भएका छन् । खुला सदस्यमा प्रचण्ड गौतम, प्रेम खरेल, अमर नाथ योगी, किसन राना मगर चयन भएको निर्वाचन अधिकारी भानुभक्त रिजाले जानकारी दिएका छन् । समाजले तेज विक्रम शाह र राम प्रसाद न्यौपाने लाई सदस्यमा मनोनित गरेको नव निर्वाचित अध्यक्ष शर्माले असल शासनलाई बताए । आज नै समाजको सल्लाहकारमा टंकनाथ दाहाल, पूर्णचन्द्र उपाध्याय, सतिश निरौला र खीमानन्द देवकोटलाई मनोनित गरिएको छ ।


पूर्व विद्यार्थी समाजका अध्यक्ष झबिलाल शर्माको अध्यक्षतामा सम्पन्न साधारण सभा खजुरा गाउँपालिका अध्यक्ष डम्वर विक तुफानको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा पूर्व राज्य मन्त्री एवं विद्यालयका पूर्व विद्यार्थी दल वहादुर सुनार, समाजका सल्लाकार ओम प्रकास देवकोटा, पूर्व विद्यार्थी दलवहादुर सुनार, पूर्व विद्यार्थी श्री दिल वहादुर क्षेत्री, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश थापा लगायतले शुभकामना मन्तव्य राखेका थिए । २०७९ असोज ८ गते गठन गरिएको पूर्व विद्यार्थी समाजले आज २०८३ वैशाख ५ गते चौथो साधारण सभा तथा अधिवेशन सम्पन्न गरेको हो ।

  • ५ बैशाख २०८३, शनिबार प्रकाशित

  • Nabintech