तीर्थयात्री बोकेर स्वर्गद्वारी जाँदै गरेको जिप दुर्घटना

असल शासन प्रतिनिधि

प्युठानको स्वर्गद्वारी नगरपालिका–४ टाकुरामा भारतीय तीर्थयात्री सवार जिप दुर्घटना भएको छ।

भिङ्ग्रीबाट स्वर्गद्वारी तर्फ जाँदै गरेको लु १ ज ३१७५ नम्बरको मुस्ताङ जिप अनियन्त्रित भई दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ२१ जना घाइते भएका छन् । मृतकको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। घाइतेमध्येतीमध्ये १० जनालाई थप उपचारका लागि बुटवल रिफर गरिएको छ।

जिप सडकबाट करिब २५–३० मिटर तल खसेको थियो स्थानीयको भनाइ छ। घाइतेहरूलाई प्रहरी र स्थानीयको सहयोगमा प्राथमिक स्वास्थ्य केन्द्र भिङ्ग्रीमा प्राथमिक उपचारका लागि लगिएको छ। घटनाबारे थप विवरण आउन बाँकी रहेको छ प्रहरीले बताएको छ।

  • १० बैशाख २०८३, बिहीबार प्रकाशित

  • Nabintech