भेरी अस्पतालमा तनाव

असल शासन प्रतिनिधि

बाँके बैजनाथ गाउँपालिका–६ का एक महिलाको उपचारका क्रममा भेरी अस्पतालमा मृत्यु भएपछि अस्पताल तनावग्रस्त बनेको छ । मृतकका आफन्तहरूले अस्पतालका चिकित्सकमाथि अभद्र व्यवहार गरेपछि स्थिती तनावग्रस्त बनेको हो ।

मृतकका आफन्तहरुले अस्पतालमा आन्दोलन र स्वास्थ्यकर्मिहरुमाथि आकर्मणको प्रयास गरेको भन्दै सुरक्षाको मागसहित भेरी अस्पतालका चिकित्सकहरूले मङ्गलबार ओपिडी सेवा बन्द गरेका छन् । बैजनाथ–६ की ६२ वर्षिया महिला दिलसरा विकको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको विषयलाई लिएर सोमबारदेखि नै अस्पतालमा तनाव सिर्जना भएको थियो । मृतकका आफन्तहरूले अस्पताल र चिकित्सकको लापरवाही र कमजोरीको कारण बिरामीको मृत्यु भएको भन्दै क्षतिपूर्ती र चिकित्सकमाथि कारबाहीको माग गर्दै आएका छन् ।

सोही विषयलाई लिएर भइरहेको छलफलका क्रममा मृतकका आफन्तले अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. निराजन सुवेदी, डा. राजन पाण्डे लगायत चिकित्सकमाथि हातपात र अभद्र व्यवहार गरेको चिकित्सकहरुको भनाइ छ । असुरक्षा भएको जनाउँदै मङ्गलबार इमरजेन्सी सेवा बाहेकका सेवा तथा कामकाज बन्द गरिएको अस्पतालका चिकित्सकको बनाइ छ।

चिकित्सक र स्वास्थ्यकर्मीले असुरक्षा भएको जनाउँदै काम गर्न नमानेकाले ओपिडी बन्द गरिएको अस्पताल प्रशानिले जनाएको छ । सोमबार पीडितको पक्षबाट प्रहरीमा उजुरी दर्ता गर्ने र छानबिनका लागि मेडिकल काउन्सिलमा निवेदन दिने सहमति भएपछि मृतकको शव आफन्तले बुझ्ने क्रममा आफन्तमध्येबाट अस्पतालका प्रमुख, चिकित्सकहरू तथा स्वास्थ्यकर्मीमाथि अभद्र व्यवहार हुँदा अवस्था बिग्रिएको बताइएको छ ।

मुटुको समस्या रहेकी विक मोटरसाइकलमा बसेर सामान्य अवस्थामा नै उपचारका लागि अस्पताल आएकोमा उपचारको क्रममा चिकित्सकको कमजोरी र लापरवाहीले मृत्यु भएको मृतकका आफन्तकोआरोप छ । अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले काम गर्ने वातावरण नभएको तथा मनोबल घटेको भन्दै ओपिडी सेवा बन्द गरेको चिकित्सकहरु बताउछन् ।

 

  • १५ बैशाख २०८३, मंगलवार प्रकाशित

  • Nabintech