नेपालगन्ज/ नेपालगन्ज विमानस्थलबाट राँझा चोकसम्म निःशुल्क ‘सटल बस सेवा’ सञ्चालनमा सञ्चालनमा आएको छ ।

हवाई यात्रुलाई आवतजावतमा सहजता प्रदान गर्ने उद्देश्यले विमानस्थल परिसरदेखि करिब डेढ किलोमिटर दूरीमा रहेको राँझा चोकसम्म यात्रुलाई ओसारपसार गर्न मंगलबार बिहानदेखि सटल बस सेवा सुरु गरिएको छ ।
उक्त बसले विमानस्थलमा आउने तथा त्यहाँबाट प्रस्थान गर्ने यात्रुलाई लक्षित गरी नियमित रूपमा सेवा दिने जनाएको छ । सटल बस सेवा भनेको छोटो दूरीमा निश्चित स्थानबीच बारम्बार आवतजावत गर्ने बस सेवा हो ।









