उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्व चयनका लागि मतदान हुँदै

असल शासन प्रतिनिधि

नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमिति चयनका लागि मतदान सुरु भएको छ ।

सोमबार महासंघको ६० औं वार्षिक साधारणसभा उद्घाटन भएको थियो । महासंघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान छ । सोही अनुसार अन्जन श्रेष्ठ स्वतः अध्यक्ष हुनेछन् । उपाध्यक्ष र कार्यकारिणी समिति सदस्यका लागि भने आज राष्ट्रिय प्रज्ञा प्रतिष्ठानमा मतदान भइरहेको छ । महासंघमा हेमराज ढकाल र शिव प्रसाद घिमिरेका दुई प्यानल चुनावी मैदानमा छन् ।

ढकाल प्यानलले वरिष्ठ उपाध्यक्षमा ढकाललाई उम्मेदवार घोषणा गरिसकेको छ । अब निर्वाचित हुने वरिष्ठ उपाध्यक्ष श्रेष्ठ पछि स्वतः अध्यक्ष हुनेछन् ।

 

  • २२ बैशाख २०८३, मंगलवार प्रकाशित

  • Nabintech