चेतन भट्टको नबास कोइली सार्वजनिक

असल शासन प्रतिनिधि

महेन्द्रनगर । शब्द, सङ्गीत तथा गायन स्वयं रहेको कलाकार चेतन भट्टको नयाँ गीत नवास कोइली सार्वजनिक भएको छ।
बैतडी जिल्ला दशरथचन्द नगरपालिका वडा नम्बर ३ निवासी कलाकार भट्टले नयाँ गीत चेतन म्युजिक नेपाल युट्युव च्यानल मार्फत सार्वजनिक गरेका हुन् । सार्वजनिक गरिएको गीतमा अभिनय पनि स्वयं चेतन भट्टले गरेको छन् भने बाल कलाकारको भूमिका चेतन भट्टका छोरा रिशव भट्ट ले गरेका छन्।
मौलिक गीतसङ्गीतमार्फत परिचत भट्टले सुदूरपश्चिमेली मौलिकतालाई समेटेर तयार गरेको गीतले दर्शकको ध्यान आकर्षित गर्ने विश्वास लिएका छन् ।

  • २७ बैशाख २०८३, आईतवार प्रकाशित

  • Nabintech