नेपालगन्ज/ बास नेपाल काठमाडौँ शाखा अध्यक्षमा मेनुका शाही निर्बिरोध चयन भएकिछन् ।
शनिबार काठमाडौंको भृकुटीमण्डपमा सम्पन्न छैटौं अधिबेशनबाट शाही अध्यक्षमा चयन भएकी हुन् ।
बास नेपालका पूर्व केन्द्रीय अध्यक्ष मन भण्डारी र कार्यकारी निर्देशक नमस्कार शाहको उपस्थितिमा सम्पन्न अधिबेशनबाट नयाँ कार्य समिती चयन भएको हो ।
शाखा अध्यक्ष शकुन्तला शाहको अध्यक्षतामा सम्पन्न अधिबेशनबाट उपाध्यक्ष, सचिव, सहसचिव, कोषाध्यक्षमा क्रमशः सुसिला धमाला, सचिव रमेश बिश्वकर्मा, सह-सचिव जगदिश्वरी शाह र निश्चल न्यौपाने चयन भएका छन् ।
सदस्यहरुमा पार्वती पौडेल अधिकारी, कमल प्रसाद शर्मा, रोशन पान्डे र निरुता उप्रेती चयन भएका छन् ।
अधिबेशनमा बास नेपालका पूर्व केन्द्रीय अध्यक्ष मन भन्डारी, कार्यकारी निर्देशक नमस्कार शाह लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
अधिबेशनमा पूर्व केन्द्रीय सदस्य राज बहादुर साने, तपेन्द्र बहादुर मलाती लगायतको उपस्थिती रहेको थियो ।
निबर्तमान अध्यक्ष शकुन्तला शाहले धन्यवाद ज्ञापन गरेको कार्यक्रममा शाखा अध्यक्ष मेनुका शाहीले संस्थाको उद्देश्य, नीति तथा सामाजिक अभियानलाई अझ प्रभावकारी रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेकी छन् ।
उनले युवाको नेतृत्व विकास, सामाजिक सचेतना, मानव अधिकार, सुशासन तथा सकारात्मक परिवर्तनका क्षेत्रमा संस्थालाई थप सक्रिय र परिणाममुखी बनाउने बताएकी छन् ।









