बाजुरामा १० दिनदेखि बेपत्ता महिला मृत अवस्थामा फेला

असल शासन प्रतिनिधि

बाजुरामा १० दिनदेखि बेपत्ता भएकी एक महिला मृत अवस्थामा फेला परेकी छन्। जगन्नाथ गाउँपालिका वडा नं. ५ गोत्री निवासी सकस बहादुर शाहीकी छोरी अन्दाजी ३५ वर्षीया लालचना बुढा शाही मंगलबार मृत अवस्थामा भेटिएकी हुन्।

प्राप्त जानकारी अनुसार २०८३ वैशाख २६ गते श्रीमानसँग सामान्य विवाद भएपछि “म माइतीघर जान्छु” भन्दै घरबाट निस्किएकी शाही माइतीघर नपुगेपछि परिवार चिन्तित बनेको थियो। आफन्त, छरछिमेक तथा विभिन्न स्थानमा खोजी गर्दा पनि फेला नपरेपछि उनका दाइ नर बहादुर बुढाले प्रहरीमा निवेदन दिएका थिए।

जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी प्रहरी निरीक्षक नरेश बहादुर शाहीका अनुसार प्रहरीको खोजतलासका क्रममा मंगलबार बिहान त्रिवेणी गाउँपालिका वडा नं. २ आमतडा स्थित कर्णाली नदी किनारमा उनको शव फेला परेको हो। हाल घटनास्थलमा प्रहरी चौकी सान्नी कालिकोटबाट प्रहरी टोली खटिएको छ भने घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

  • ६ जेष्ठ २०८३, बुधबार प्रकाशित

  • Nabintech