कर्मचारीहरुलाई स्वमुल्याँकन तथा स्वअनुशासन बिषयक तालिम

असल शासन प्रतिनिधि

नेपालगञ्ज/ बास नेपालका आयोजनामा स्वमुल्याँकन तथा स्वअनुशासन बिषयक तालिम सम्पन्न भएको छ ।

स्वमूल्यांकन र स्वअनुशासनको महत्व बुझाउने, जिम्मेवारी वृद्धि गर्ने, कर्मचारीहरुलाई थप जिम्मेवार बनाउने, कार्यसम्पादनमा सुधार गर्ने, अनुशासित कार्यसंस्कृति विकास गर्ने उद्धेश्यले तालिम सम्पन्न भएको हो ।

बास नेपालका कर्मचारीहरुका लागि आयोजित तालिममा बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले प्रशिक्षण दिएका थिए ।

तालिममा संघ, संस्थामा कार्यरत कर्मचारीहरुका प्रकार, स्वमूल्याँकन भनेको के हो, स्वअनुशासन भनेको के हो ?, स्वमुल्याँकनका आधारहरु, स्वअनुशासनको महत्व सुधारका उपायहरु लगायतका बिषयमा प्रशिक्षण दिईएको थियो ।

तालिममा बास नेपालका १५ जना कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

 

  • १४ जेष्ठ २०८३, बिहीबार प्रकाशित

  • Nabintech