नरैनापुरमा व्यवसायिक योजना निर्माण तालिम शुरु

हेमराज भट्ट

नेपालगन्ज । वैदेशिक रोजगारीबाट फर्किएका ब्यक्तिहरुका लागि व्यवसायिक योजना निर्माण बिषयक तिन दिने तालिम नरैनापुरमा शुरु भएको छ ।
वैदेशिक अनुभव र सही योजना : उद्यमशिलताको बलीयो जग भन्ने नाराका साथ रोजगार सेवा केन्द्र नरैनापुर गाउँपालिकाको आयोजनामा उक्त तालिम सञ्चालन भएको हो ।


नरैनपुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहको अध्यक्षतामा भएको तालिमको उद्घाटन सत्रमा बोल्दै अध्यक्ष शाहले बैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरुको शिपलाई स्वदेशमा नै प्रयोगमा ल्याउन तालिम उपयोगी हुने विश्वास ब्यक्त गरे । नरैनापुर गाउँपालिकाले शिप र दक्षता भएका तर व्यवसायीक योजना बनाउन नसक्ने ब्यक्तिहरुलाई लक्षित गरि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताउदै तालिमबाट सिकेको कुरालाई व्यवसायिक रुपमा लागु गर्ने गरी काम गर्न सबैलाई अनुरोध गरे । स्थानीय सुहाउदो योजना निर्माण कसरी गर्ने भन्ने बिषयमा सहज र सरल ढंगले सहजिकरण गर्न अनुरोध गर्दै सक्रियता पूर्वक सहभागि भई तालिमको लाभ लिन उनले सबै सहभागिहरुलाई अनुरोध गरे ।


नरैनापुर गाउँपालिका सुचना प्रविधि अधिकृत जुना शाहीले सञ्चालन गरेको तालिमको उद्घाटनमा स्वागत तथा कार्यक्रमको उद्धेश्यमाथि प्रकाश नरैनापुर गाउँपालिका रोजगार संयोजक मकबुल अहमद मुकेरीले गरेका थिए । जेष्ठ १९ गते देखि २१ गते सम्म तिन दिन सञ्चालन हुने तालिममा रोजगार, श्रम, ब्यवसाय, व्यवासायिक योजना निर्माण लगायतका विभिन्न बिषयमा राजकुमार थारुले सहजिकरण गर्ने कार्यतालिमका रहेको छ । उद्घाटन सत्रमा नरैनपुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाह, उपाध्यक्ष जयन्ति देबि श्रीवास्तबको उपस्थिती रहेको थियो । तालिममा नरैनापुर गाउँपालिकाका सबै वडाका २२ जनाको सहभागिता रहेको छ ।

  • १९ जेष्ठ २०८३, मंगलवार प्रकाशित

  • Nabintech