नेपालगञ्ज / डुडुवा गाउँपालिका वडा नम्बर ४ शाहपुर्वाका महिला तथा किशोरीहरुलाई लक्षित गरी श्री माध्यामिक बिद्यालयमा महिनावारी शिक्षा तथा फ्रीडम तथा किट ब्याग्स बितरण गरिएको छ ।

एफ के बी यु के को सहयोगमा बास नेपाल द्वारा संचालित नेपालमा बसोबास गर्ने महिला तथा किशोरीको महिनावारी स्वच्छता शिक्षा तथा ब्यवस्थापन “ कार्यक्रम अन्तर्गत प्रत्येक महिना पुृन प्रयोग गर्न मिल्ने सेनेटरी प्याड उत्पादन गरी बितरण गर्दै आएको छ ।

आज शुक्रवार शाहपुर्वा स्थित श्री माध्यामिक बिद्यालयको हलमा एक कार्यक्रमको आयोजना गरी शाहपुर्वाका एक सय जना महिला तथा किशोरीहरुलाई महिनावारी स्वच्छता शिक्षा दिनुका साथै फ्रीडम ब्याग्स वितरण गरिएको हो ।

फ्रिडम किट ब्याग्स परियोजनाका कार्यक्रम व्यवस्थापक रमिता शाह र शिक्षा अधिकृत मिना घर्तीले महिनावारी स्वच्छता शिक्षा दिनुका साथै फ्रिडम किट ब्याग्स ,प्रयोग बिधिवारे डेमो देखाएर सहभागीहरुलाई प्रष्ट पारेका थिए ।
डुडुवा गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष सगीर खाँ प्रमुख अथित्यथामा आयोजित कार्यक्रममा शाहपुर्वा स्वास्थ्य चौकीका प्रमुख, बास नेपालका केन्द्रीय सदस्य बसन्ती रोकाया, बास नेपालका लेखा अधिकृत राष्टि बुढामगर, जन सम्पर्क अधिकृत माधव कार्की उपस्थिति रहेको थियो ।









