गृहमन्त्री पदबाट राजीनामा दिएका सुधन गुरुङ पुनः गृहमन्त्रिमा नियुक्त भएका छन्। प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति कार्यालयले गुरुङलाई पुनः गृहमन्त्रीमा नियुक्त गरेको हो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार नवनियुक्त गृहमन्त्री गुरुङले आजै पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय गरिएको छ।
शपथ ग्रहण समारोह दिउँसो ३ बजे राष्ट्रपति भवन शीतलनिवासमा हुने जनाइएको छ । गृहमन्त्रीको रूपमा पुनः जिम्मेवारी सम्हाल्न लागेका गुरुङले देशको शान्ति सुरक्षा, प्रशासनिक संयन्त्रको परिचालन, विपद् व्यवस्थापन तथा अध्यागमनलगायत गृह मन्त्रालय अन्तर्गतका निकायहरूको नेतृत्व गर्नेछन्।









