महिलाद्वारा प्रहरीमाथि आक्रमण

असल शासन प्रतिनिधि

नेपालगन्ज । बाँकेको बैजनाथमा एक महिलाले प्रहरी हवल्दारलाई धारिलो हतियार प्रहार गरेकि छन् ।

विद्यालयको जग्गा अतिक्रमण हटाउन गएका प्रहरी हवल्दारलाई अतिक्रमण गरेर बसिरहेकी एक महिलाले धारिलो हतियार प्रहार गरेकी हुन् ।

बाँकेको बैजनाथ गाँउपालिका वडानम्वर ६ एचगाउँमा रहेको इश्वरी माध्यामिक विद्यालयको अतिक्रमित जग्गा खाली गराउन पुगेको टोलीका प्रहरी हवल्दार सुनिल चौधरीमाथि अतिक्रमण गरेर बसिरहेकी साबित्रीकुमारी शाहीले आक्रमण गरेकिहुन् । इश्वरी माध्यामिक विद्यालयको अतिक्रमित जग्गा खाली गराउन पुगेको टोलीका प्रहरी हवल्दार सुनिल चौधरीमाथि अतिक्रमण गरेर बसिरहेकी साबित्रीकुमारी शाहीले आक्रमण गरेकिहुन् ।

हतियार प्रहारबाट हवल्दार चौधरी सामान्य घाइते भएको जनाउँदै जिल्ला प्रहरी कार्यालयले धारिलो हतियार प्रहार गर्ने महिलालाई पक्राउ गरेको जनाएको छ ।
लामो समयदेखि विद्यालयको जग्गामा बसोबास गरिरहेकाहरुलाई जग्गा खाली गर्न विद्यालयको तर्फबाट पूर्व सूचना दिँदा पनि खालि नगरेपछि आज प्रहरीको सहयोगमा अतिक्रमण हटाउन थालिएको थियो ।

पक्राउ परेकी शाहीले भने आफुमाथि आक्रमण गर्न आएपछि प्रतिआक्रमण गरेको बताएकी छन् । उनले घरभित्रै पसेर आफुमाथि आक्रमण गरिएपछि प्रतिआक्रमण गरेको बताएकि छन् ।

महिलाले आक्रमण गर्न खोजेको र प्रहरीले महिलालाई नियन्त्रणमा लिन खोजेको भिडियो सामाजिक सञ्जालमा भाईरल भईरहेको छ।

  • २८ जेष्ठ २०८३, बिहीबार प्रकाशित

  • Nabintech