- mostbet casino
- pinco
- pin up
- pinup
- mostbet kz
- mosbet casino
- chicken road game
- mosbet
- mostbet
- mostbet
- mostbet online
- mosbet casino
- pin-up kz
- pinap
- mosbet az
- snai casino it
नेपालगन्ज। बाँकेको राप्ती सोनारी गाउँपालिकामा रहस्यमय प्राचीन ढुङ्गाहरू फेला परेका छन् ।
राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ कुसुम क्षेत्रमा पुरातत्व विभागको टोलीले गरेको खोज तथा अनुसन्धानका क्रममा उक्त विशेष प्रकारका प्राचीन ढुङ्गाहरू फेला परेका हुन् ।
प्रारम्भिक रूपमा हेर्दा ढुङ्गाहरू सामान्य चट्टानभन्दा फरक बनावटका देखिएका छन्। केही ढुङ्गामा मानव प्रयोग वा प्राकृतिक प्रक्रियाबाट बनेका विशेष चिन्हहरू जस्ता आकृति देखिएकाले यसको ऐतिहासिक महत्व हुनसक्ने अनुमान गरिएको छ। यद्यपि विशेषज्ञ परीक्षणपछि मात्र यसको वास्तविकता खुल्ने बताइएको छ। यस बिषयमा राप्ती सोनारी गाउँपालिका अध्यक्ष तप्त बहादुर पौडेलले यस्ता सम्भावित पुरातात्विक महत्वका वस्तुहरूको संरक्षण आवश्यक रहेको बताउँदै सम्बन्धित निकायसँग समन्वय गरी थप अनुसन्धान अगाडि बढाइने बताएका छन्।
राप्ती सोनारी क्षेत्रको इतिहास र पहिचान उजागर गर्ने विषय भएकाले आवश्यक सहयोग उपलब्ध गराइने अध्यक्षले प्रतिबद्धता गरेका छन् । भेटिएका ढुङ्गाहरूको थप वैज्ञानिक परीक्षण र अध्ययनका लागि पहल गर्न आवश्यक रहेको बताइएको छ ।









