नेपालगन्ज उपमहानगरपालिका वडा नं. २ मा सार्वजनिक सुनुवाइ

रविन्द्र बोहरा

बाँके ५ जेठ २०८३
नेपालगन्ज उपमहानगरपालिका वडा नं. २ ले आर्थिक वर्ष २०८२÷०८३ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ ।
बास नेपालले सहजिकरण गरको सार्वजनिक सुनुवाई कार्यक्रममा प्रश्न गर्दै पूर्व वडा अध्यक्ष सुनिल सिँह हमालले वडाले राजनीतिक दल तथा वडामा गठित विभन्न संजाल र समूहहरुसँग नियमित समन्वय गर्न नसकेको, सार्वजनिक सुनुवाई चौमासिक रुपमा गर्न नसकेको गुनासाहरु राखे । त्यस्तै अर्का सहभागी दिपेन्द्र कुमार जोशीले वडाले वास्तविक छात्रावृत्ति प्राप्त गर्नुपर्ने विद्यार्थीलाई निजि विद्यालयहरुमा सिफारिस गर्न नसकेको, बदलिदो समय सापेक्ष कृत्रिम बद्धिमता तथा प्रविधिसँग सम्बन्धित तालिम प्रदान गर्न नसकेको विषय उठान गरे । पूर्व वडा सदस्य धुर्व दाहालले पूरानो वडा कार्यालय रहेको स्थानको बाटो तत्काल निर्माण गर्न आवश्यक रहेको माग गरे । सहभागी नारायणी रुपाखेतीले महिला स्वस्थ्य स्वयंसेविकाहरुलाई वडाले प्राथामिकतामा राखी कार्यक्रम तर्जूमा गर्नुपर्ने, छाडा चौपाय नियन्त्रण गनुपर्ने, सडक पेटी अतिक्रमण अन्त्य गर्नुपर्ने, वडा भित्र रहेको सार्वजनिक जग्गाको खोजिनीति गर्नुपर्ने विषय उठन गरिन् ।


त्यस्तै प्रश्न गर्ने अन्य सहभागीहरुले, राम जानकी मन्दिरमा हुने ध्वानी प्रदुषण नियन्त्रण गर्नुपर्ने, कालिमाई मन्दिर आसपासमा शौचालयको निर्माण गरिनुपर्ने, योग शिक्षालाई प्राथामिकतामा राखिनुपर्ने, नालमा ढक्कन राखिनुपर्ने, जेष्ठ नागरिकहरुलाई विशेष कार्यक्रम ल्याउनुपर्ने, फोहोर व्यवस्थापनमा जोड दिनुपर्ने जस्ता विषयहरु उठाए ।
सहभागिले उठाएका प्रश्नको जवाफमा वडा अध्यक्ष मनोज कुमार श्रेष्ठले आगामी दिनमा वडाले सबैसँग समन्वय र सहकार्यको वातावरण निर्माण गर्दै जाने, वडाले कृत्रिम बुद्धिमताको क्षेत्रमा बालबालिका र युवाहरुलाई जोड्ने, छाडा पशु चौपायको नियन्त्रणको लागि उपमहानगरपालिकासँग समन्वय गर्दै अगाडी बढ्ने, सडक पेटि खाली गराउन पहल गर्ने गराउने, वडामा हुने ध्वानी प्रदुषण नियन्त्रण गर्ने, ढक्कनको आवश्यकता रेहेको नालाहरुमा ढक्कन निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे ।


कार्यक्रममा सहभागीहरुबाट आएका प्रश्नहरुको जवाफ वडा अध्यक्ष, वडा सदस्य तथा वडा सचिवले दिएका थिए ।
१०० बढि सहभागी रेहेको कार्यक्रममा सहभागीहरुले उठाएका प्रश्नका आधारमा ५ बुँदै साँझा प्रतिबद्धताको घोषण गरिएको छ । प्रतिबद्धताहरुमा वडाको विकास र समृद्धिका लागि वडामा गठित सबै संजाल तथा राजनीतिक दलका प्रतिनिधिहरुसँग नियमित संवाद र समन्वय गर्ने तथा सबै संजाल र राजनीतिक दलका प्रतिनिधिहरुले वडालाई आश्यक परेको खण्डमा सहयोग समन्वय गर्ने, कृत्रिम बृद्धिमता तथा डिजिटल क्षेत्रमा बालबालिका र युवाहरुको क्षमता अभिवृद्धिका लागि आगामी वर्षमा बजेट विनियोजन गर्ने, वडा भित्र विवाद उन्पन्न भई निर्माण हुन नसकाका पूरानो वडा कार्यालय रहेको स्थान लगाएतका अन्य बाटोहरु स्थानीयहरुको सहमती भई आएमा तत्कताल निर्माण कार्य गर्ने र सहमतिको पहल गर्ने, राम जानकी मन्दिर लगाएत वडा भित्र हुने ध्वानी प्रदुषणलाई नियन्त्रण गर्ने र वडा भित्र जिर्ण अवस्थामा रहेका तथा ढक्कन नभएका नालाहरुमा ढक्कन निर्माण गर्ने, उमपहानगरपालिकाको समन्वयमा अतिक्रमण भएका सडकपेटी खाली गराउने रहेका छन् ।
सार्वजनिक सुनुवाई कार्यक्रममा वडा सदस्य गीता देवि रानाले स्वागत गरेकी थिइन् भने सहजिकरण बास नेपालका जनसम्पर्क अधिकृत माधव कार्कीले गरेका थिए ।

  • ५ असार २०८३, शुक्रबार प्रकाशित

  • Nabintech