आयुर्वेदमा मोहीलाई तक्र भनिन्छ, जसलाई अत्यन्त उपयोगी पेय पदार्थ मानिएको छ। विशेषगरी पाचनसम्बन्धी समस्याहरूमा यसले राम्रो काम गर्छ।
मोहीमा पाइने प्रमुख गुणहरूः
–लघु (हलुका) – सजिलै पच्ने।
–दीपन – जठराग्नि (पाचनशक्ति) बढाउने।
–पाचन – अपच भएको खाना पचाउन सहयोग गर्ने।
–कफ–वातहर – कफ र वात दोष सन्तुलन गर्ने।
–ग्राही – पखाला वा ढिलो दिसा हुने समस्या नियन्त्रण गर्न मद्दत गर्ने।
–रुचिकर – भोक जगाउने र खानामा रुचि बढाउने
तक्रं लघु कषायाम्लं दीपनीयं कफवातजित् ।
ग्रहणी दोष शूलार्शो गुल्मपाण्ड्वामयान् जयेत् ।।
अर्थात मोहीमा हलुका, पाचनशक्ति बढाउने तथा कफ र वातलाई सन्तुलन गर्ने गुण हुन्छ। यसले ग्रहणी (क्ष्द्यक् जस्ता समस्या), पेट दुख्ने, अर्श (पायल्स), गुल्म तथा केही पाचनसम्बन्धी रोगहरूमा फाइदा पु¥याउँछ।
तक्र (मोही) का मुख्य फाइदाहरू :-
१. पाचनशक्ति (अग्नि) बलियो बनाउन मद्दत गर्छ।
२. ग्यास, अपच र पेट फुल्ने समस्या कम गर्न सहयोगी हुन्छ।
३. अर्श (पायल्स) र कब्जियतमा उपयोगी मानिन्छ।
४. आन्द्राको स्वास्थ्य सुधार गर्न मद्दत गर्छ।
५. भारी खाना खाएपछि हुने असहजता कम गर्छ।
६. कफ र बोसोको अत्यधिक सञ्चय कम गर्न सहयोगी मानिन्छ।
कसरी खाने ?
– दहीलाई राम्रोसँग मथेर नौनी निकालिसकेपछि बाँकी रहने भाग उत्तम तक्र मानिन्छ। घरमै पारेको मोही झन राम्रो ।
–खाना खाइसकेपछि १ गिलास तक्र पिउन सकिन्छ।
–स्वाद र पाचनका लागि थोरै भुटेको जिरा, सैन्धव नुन वा अजवाइन मिसाउन सकिन्छ।
–दिनको समयमा सेवन गर्नु राम्रो मानिन्छ।
तर ध्यान दिनुहोला है
–राति मोही खानु फाइदाजनक नहुन सक्छ।
–अत्यधिक चिसो बनाएर नखाने।
–ज्वरो, अत्यधिक कमजोरी वा विशेष स्वास्थ्य अवस्थाहरूमा चिकित्सकको सल्लाह लिनु उचित हुन्छ।
’न तक्रसेवी व्यथते कदाचित’
अर्थात्, नियमित र उचित तरिकाले तक्र सेवन गर्ने व्यक्ति पाचनसम्बन्धी समस्याबाट कम पीडित हुन्छ। पाचनशक्ति (अग्नि) बलियो बनाउन मद्दत गर्छ।









