बाँके/ गैरसरकारी संस्था महासंघ नेपाल बाँके शाखाका निर्वाचित पदाधिकारीहरुलाई बधाई सहित सम्मान गरिएको छ ।
असार १४ गते सम्पन्न गैसस महासंघ नेपालको १० औं अधिबेशनबाट निर्वाचित पदाधिकारीहरुलाई बास नेपालले स्वागत गरेको हो ।
बास नेपालले महासंघमा निर्वाचित आफ्ना पदाधिकारीहरुलाई बधाई ज्ञापन सहित स्वागत गरेको हो ।

महासंघको अध्यक्ष पदमा निर्वाचित बास नेपालका कार्यक्रम प्रबन्धक मन भण्डारी, सचिव पदमा निर्वाचि बास नेपाल राप्तीसोनारी उपशाखा अध्यक्ष तारा ओली, सदस्य पदमा निर्वाचित बास नेपालका केन्द्रीय अध्यक्ष शिव कुमार बर्मा र सदस्य पदमा निर्वाचत बास नेपाल सम्शेरगञ्ज उपशाखाका पूर्ब अध्यइा बिनोद थापालाई बधाई सहित सम्मान गरिएको थियो ।
बास नेपालकी निवर्तमान केन्द्रीय अध्यक्ष लुना बुढाथोकी, महासचिव कल्पना अधिकारी, कार्यकारी निर्देशक नमस्कार शाह लगायतले चार जना पदाधिकारी, सदस्यहरुलाई दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
सोही कार्यक्रममा हालै कोहलपुर जेसिजको अध्यक्ष पदमा निर्वाचित बास नेपालकी निवबर्तमान अध्यक्ष लुना बुढाथोकी र गैसस महासंघ नेपाल बाँकेकी कार्यालय सहायक जया रेग्मीलाई सम्मान गरिएको थियो ।
कार्यकारी निर्देशक नमस्कार शाहले सञ्चालन गरेको कार्यक्रममा बास नेपालकी कार्यक्रम संयोजक शोभा थापा, निर्देशक हेमराज भट्ट, महासचिव कल्पना अधिकारी, निबर्तमान अध्यक्ष लुना बुढाथोकी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
गैसस महासंघ नेपाल बाँकेमा निर्वाचित अध्यक्ष मन भण्डारी, सचिव तारा ओली, सदस्य द्धय शिव कुमार बर्मा र बिनोद थापाले धन्यवाद ज्ञापन गरेका थिए ।









