२०६२ सालदेखि विभिन्न सङ्घसंस्थामा आबद्ध भई सामाजिक कार्य गर्ने क्रममा रूम टु रिडमा काम गर्ने मौका पाएँ । ९ वर्षको लामो र महत्वपूर्ण यात्राबाट सीप, अनुभव र आत्मविश्वास प्राप्त भयो । रुम टु रिडले सञ्चलन गरिरहेको कार्यक्रम स्थानीय गैरसरकारी संस्थाबाट गर्ने भएपछि सो कार्यक्रमको संचालन गर्ने जिम्मेवारी पाएको संस्था बास नेपालले गरेको बिज्ञापन अनुसार आबेदन दिएँ र छनौट भएँ । २०८१ भदौ २३ गतेको दिन बास नेपालमा कर्मचारीको रूपमा प्रवेश गर्ने मौका पाएँ ।
नयाँ संस्थामा जाने बेला मनमा स्वाभाविक रूपमा उत्साह, कौतुहलता, केही आशंका र केही अपेक्षाहरू हुन्छ, त्यस्तै बिभिन्न जिज्ञाशाहरु सहित म बास नेपालमा प्रबेश गरेको थिएँ । बाहिरबाट बास नेपाललाई सुशासन, पारदर्शिता, उत्तरदायित्व र भ्रष्टाचारविरुद्धको अभियानमा समर्पित संस्था भनेर सुनिएकाले मनमा सकारात्मक विचार भने पक्कै थियो । संस्थामा प्रवेश गरेपछि त्यो सुनेको कुरा केवल प्रचार मात्र नभई, वास्तवमै अभ्यासमा उतारिएको रहेछ भन्ने कुरा अनुभव गर्न पाएँ ।
पहिलो दिनदेखि नै संस्थाका सर–म्याडम तथा दाजुभाइ–दिदीबहिनीहरूले अत्यन्तै आत्मीयता र सम्मानसहित स्वागत गर्नुभयो । कुनै नयाँ व्यक्तिलाई नयाँ वातावरणमा सहज महसुस गराउन महत्वपूर्ण भूमिका बास नेपालले खेल्दो रहेछ भन्ने कुरा त्यही दिन महसुस भयो । संस्थाले हामीलाई कर्मचारी होइन, एउटा परिवारका सदस्य झैँ व्यवहार ग¥यो । कार्यस्थलमा यति आत्मीयता, सहयोग र आपसी विश्वास पाइने रहेछ भन्ने अनुभूति हुँदा अत्यन्तै सन्तोष लाग्यो, जुन मेरा लागि उत्प्रेरणादायी थियो ।
हामी ८ जनाको टोली, तर हरेक जनामा फरक–फरक क्षमता, अनुभव र योग्यता थियो । संस्थाले कार्यबिभाजन गरिदिएपछि सबैजनाले आफ्नो भूमिकामा उत्कृष्टता देखाउने अवसर पायौं । यसरी काम गर्दा आपसी सहयोग, समन्वय, सिकाइ र एक–अर्काप्रति सम्मान थप गहिरो बन्यो । यही वातावरणले हामी सबैलाई उत्साहका साथ काम गर्न प्रेरित ग¥यो र सामूहिक रूपमा सकारात्मक पहिचान बनाउन सफल भयौँ जस्तो लाग्छ ।
बास नेपालमा आएपछि मलाई विशेष रूपमा मन परेको कुरा भनेको संस्थाले कर्मचारीको सिकाइ, विकास र प्रेरणालाई उच्च प्राथमिकता दिने कुरा हो यसअन्तर्गत—हरेक सोमबार आयोजना हुने सिकाइ आदानप्रदान सत्रले हामीमा निरन्तर सिकाइको संस्कृतिको विकास गरिरहेको छ । नयाँ–नयाँ सक्रिय सिकाइका खेलहरूले कार्य वातावरणलाई सिर्जनशील बनाइदिएको छ । कर्मचारीको जन्मदिन मनाउने परम्पराले आपसी न्यानोपन र मानवीय सम्बन्ध अझ प्रगाढ बनाईरहेको छ । हरेक शुक्रबार चल्ने Inspiring Youth ले कर्मचारीहरुमा नेतृत्व, आत्मविश्वास र प्रेरणा थपिदिएको छ ।
विभिन्न नेतृत्व तथा क्षमता विकास तालिमहरूले कार्यकुशलता र व्यक्तिगत विकासमा ठूलो योगदान पुर्याईरहेको छ । राम्रो काम गर्ने कर्मचारीहरूलाई पुरस्कार तथा प्रोत्साहन दिने प्रचलनले सबैमा आफ्नो काम प्रतिवद्धतापूर्वक गर्दै जाने उर्जा प्रदान गरेको छ । यसबाहेक, बास नेपालले स्थानीय तहमा सुशासन सुदृढीकरणका लागि सञ्चालन गर्दै आएको सार्वजनिक सुनुवाइ, सामाजिक परीक्षण, स्थानीय नेतृत्व सशक्तीकरणका तालिम तथा नागरिक सहभागिता बढाउने गतिविधिहरू वास्तवमै प्रशंसनीय छन् । यस्ता कार्यक्रमहरूले केवल समुदायमा मात्रै प्रभाव पारिरहेको छैन हामी कर्मचारीलाई पनि व्यावहारिक अनुभव, सीप र दृष्टिकोण विस्तार गर्ने अवसर प्रदान गरिरहेका छन् ।
गत १५ महिनादेखि म बास नेपालका प्रायः सबै कार्यक्रमहरूमा सहभागी हुँदै आएको छु । विभिन्न ठाउँ, विविध सरोकारवाला र समुदायका समूहहरूसँग घुलमिल हुँदा मैले धेरै व्यवहारिक सिकाइहरू आत्मसात् गर्न पाएको छु साथै संस्थाका अग्रजहरूको मार्गदर्शन, सुझाव र प्रोत्साहनले मेरो कार्यशैली मात्र होइन, व्यक्तित्व विकासमा पनि ठूलो योगदान पु¥याएको छ ।
स्थानीय सरोकारवालासँग परिचय बढ्दै जाँदा समुदायको वास्तविक आवश्यकता, चुनौती र अपेक्षाबारे बुझ्ने अवसर मिल्यो । यसले मलाई आफूलाई अझ आत्मविश्वासका साथ प्रस्तुत गर्ने क्षमतामा वृद्धि गरिदिएको छ । आज म जुन स्तरको आत्मविश्वासका साथ काम गर्न सक्षम छु, त्यसमा बास नेपालको अविस्मरणीय योगदान छ ।
मलाई आज पनि पहिलो दिनको स्वागत, सिकेका हरेक पाठ, काम गर्ने साथीहरूको सहयोग, अग्रजहरूको मार्गदर्शन र बास नेपालले दिएको अवसरहरूले उत्प्रेरणा दिईरहेको छ । बास नेपाल केवल रोजगार दिने संस्था मात्र नभई, व्यक्तिको क्षमता र भविष्य निर्माण गर्ने विद्यालयजस्तै भएको महसुस मलाई भएको छ । यस्तै महसुस सयौं युवाहरुलाई भएको हुनुपर्दछ ।









