दुई दशक पछि राखियो पूर्ब राजा वीरेन्द्रको शालिक

असल शासन प्रतिनिधि

नेपालगन्ज/ नेपालगन्जमा जेनजी आन्दोलनका क्रममा ढालिएका शालिकसहित दुई दशकपछि स्वर्गीय राजा वीरेन्द्र शाहको पूर्णकदको शालिक पुनःस्थापना गरिएको छ ।

जेनजी आन्दोलनमा वीपी कोइराला, पुष्पलाल श्रेष्ठ र सेतु विकको शालिक ढालिएको थियो भने गणेशमान सिंहको शालिक तोडफोड गरिएको थियो ।
उक्त सबै शालिकहरु नेपालगञ्ज उपमहानगरपालिकाले पुनस्र्थापना गर्ने क्रममा २०६२–६३ को दोस्रो जनआन्दोलनका क्रममा तोडफोड गरी हटाइएको वीरेन्द्रको शालिक पनि पुनःस्थापना गरिएको हो ।

नेपालगन्ज उपमहानगरपालिकाले शुक्रवार राती सबै शालिकहरु चौकमा राखेको छ । उपमहानगरपालिकाले चोकहरुको पुनर्निर्माण गरेर शालिकहरु राखेको हो । उपमहानगरका अनुसार, एकै पटक सबै शालिकहरुको अनावरण गरिनेछ ।

नेपालगन्जको बिरेन्द्र चौकमा राजा वीरेन्द्रको शालिक पुर्नस्र्थापना गर्ने क्रममा पटक पटक तनाव सिर्जना हुँदा जनस्तरबाट राखिएको पूर्ब राजा बिरेन्द्रको शालिक हटाईएको थियो । यद्यपि दोस्रो जनआन्दोलनका क्रममा हटाइएको त्रिभुवन चोकमा रहेको स्वर्गीय राजा त्रिभुवनको शालिक भने लामो रस्साकस्सीपछि पुनःस्थापना गरिएको थियो ।

राप्रपाका नेता तेज बिक्रम शाहको नेतृत्वमा पूर्व राजा बिरेन्द्रको शालिक पुनस्र्थापनाका लागि जनदबाब सहितको लामो अभियान संचालन भएको थियो । सो अभियानको निरन्तर पहलको जगमा अन्ततः जेनजी आन्दोलनका क्रममा भत्काईएका अन्य शालिकहरुसङ्गै नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त बिष्टको नेतृत्वमा उपमहानगरपालिकाले एकै पटक सबै शालिकहरु ठड्याउने काम गरेर ऐतिहासिक काम गरेको स्थानीयहरुको भनाई रहेको छ ।

आस्था, बिचार फरक हुन सक्दछन्, ईतिहास मेटाउने काम कोहि, कसैबाट हुनु हुँदैन । यो जनमैत्री कार्यका लागि नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त बिष्ट लगायतको टिमलाई हार्दिक धन्यवाद– राप्रपाका नेता तेज बिक्रम शाहले भने – ईतिहासको जगेर्नाका लागि निरन्तर पहल गर्ने अभियानमा सहयोग गर्ने सबैलाई हार्दिक धन्यवाद ।

नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले सर्वदलीय र सर्वपक्षीय बैठकपश्चात् नगर कार्यपालिकाको बैठकबाट निर्णय गरेर सबै शालिकहरुसँगै पूर्वराजा विरेन्द्र शाहको पूर्ण कदको शालिक पुनःस्थापना गरिएको बताएका छन् ।

 

  • २१ असार २०८३, आईतवार प्रकाशित

  • Nabintech