शिक्षा अधिकृत पक्राउ

असल शासन प्रतिनिधि

काठमाडौं । सार्वजनिक स्थलमा एक महिलामाथि अश्लील हर्कत गरेको आरोपमा रक्षा मन्त्रालयमा कार्यरत एक शिक्षा अधिकृत पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बैतडीको पाटन नगरपालिका–७ स्थायी घर भई हाल ललितपुर महानगरपालिका–२ इमाडोल बस्दै आएका ५५ वर्षीय सुरेन्द्र भट्ट रहेका छन् ।

प्रहरीका अनुसार उनी रक्षा मन्त्रालयमा शिक्षा अधिकृतका रूपमा कार्यरत छन्।

ललितपुरको इमाडोलस्थित सार्वजनिक स्थानमा एक महिलालाई आफ्नो गोप्य अंग प्रदर्शन गरेको आरोप भट्टमाथि लागेको छ।

घटनापछि पीडित महिलाले सम्बन्धित भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरेकी थिइन् ।

भिडियो सार्वजनिक भएपछि प्रहरी वृत्त सातदोबाटोको टोलीले भट्टलाई पक्राउ गरेको हो । प्रहरीले भट्टलाई हिरासतमा राखी सार्वजनिक शिष्टाचार तथा सम्बन्धित कानुनी प्रावधानअन्तर्गत घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

  • २३ असार २०८३, मंगलवार प्रकाशित

  • Nabintech